सीके राउतलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री देउवाको प्रस्ताव https://www.himalkhabar.com/news/133340

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

बिहीबार साँझ भएको भेटघाटमा दुवै जनाले शुभकामना साटासाटसँगै संघ र मधेश प्रदेशमा सरकार गठनका विषयमा छलफल गरेका छन्। प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन्।

त्यसमा अध्यक्ष राउतले सकारात्मक प्रतिक्रिया दिएको जनमत पार्टीका एक केन्द्रीय सदस्यले बताए। “प्रधानमन्त्रीजीले सहकार्यको प्रस्ताव गरेपछि अध्यक्ष राउतले किसान आन्दोलनका माग, नागरिकता विधेयक र रोजगारी सिर्जना गर्ने लगायतका अजेन्डा उठाउनुभयो। यी अजेन्डा पूरा हुनेपछि सहकार्य गर्न सकारात्मक रहेका छौं भन्नुभयो,” ती केन्द्रीय सदस्यले भने।

जनमत पार्टीको माग सम्बोधन हुने अवस्थामा जनमत पार्टी सत्ता गठबन्धनसँग सहकार्य गर्न सकारात्मक रहेको जनाएको छ। आज पहिलो चरणको छलफल भए पनि कुनै निर्णयमा पुगिएको छैन। थप छलफल गर्न दुवै जना सहमत रहेको जनाइएको छ।

यसैबीच कांग्रेस नेता विमलेन्द्र निधिले भने जनमत पार्टी अध्यक्ष राउत सरकारसँग सरकारमा सहभागी हुने सहमति भएको दाबी गरेका छन्। उनले ट्वीट मार्फत भनेका छन्, “अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गराएर फर्कंदै छु। दुवै जनामा सकारात्मक र परिणाममूलक वार्ता भएको छ। गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ।
https://www.himalkhabar.com/news/133340

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.