धर्मचोक सडकः ठेकेदारलाई सडकमै ल्याए रवि लामिछानेले गराए तत्काल काम अगाडि बढाउने प्रतिवद्धता

चितवन । भरतपुर महानगरपालिकाको शहिदचोक–धर्मचोक–कचपचे सडक खण्ड अन्तरगतको धर्मचोक क्षेत्रमा अझै कालोपत्रे हुन सकेको छैन । सडक निर्माण थालिएको वर्षौबितिसक्दा पनि विभिन्न बहानामा सो क्षेत्रमा कालोपत्रे हुन सकिरहेको छैन । जसका कारण वर्खायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो उडेर स्थानीयहरुले हैरानी खेप्दै आइरहेका छन् ।

तत्काल सडक बनाउन स्थानीयले पटक–पटक आवाज उठाएपनि सुनुवाई नभएपछि स्थानीय आजित थिए । त्यसैले त्यस क्षेत्रका स्थानीयहरु यसपटक पुराना राजनीतिक दलका प्रतिनिधिहरुप्रति निकै आक्रोशित थिए । भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उनीहरुले नयाँ पार्टी र व्यक्तिलाई प्राथमिकतामा राखे अनि जिताए पनि । भरतपुर वडा नं.४ मा पर्ने यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वाधिक मत प्राप्त गरे ।

आफूलाई ठूलो विश्वास गरेर भारी मत दिएर जिताएपछि लामिछाने आज (शनिबार) स्थानीयको सडकको समस्यालाई समाधान गर्न फिल्डमै उत्रिए । सडक निर्माणको ठेक्का पाएको कम्पनीका प्रतिनिधि र निर्माण व्यवसायी संघ चितवनका अध्यक्षलाई चोकमै उतारेर रविले बाटो निर्माणको सार्वजनिक प्रतिवद्धता गर्न लगाए । ‘यहाँका जनताहरुको धेरै गुनासो सडकको बारेमै सुने, आज त्यहि भएर ठेकेदार कम्पनी र सम्बन्धी पक्षलाई यहीँ ल्याएर समस्या समाधान गराउने प्रयास गरेको छु’–चौतारामा उभिएर रविले भने ।

उनले स्थानीय जनताले आफूलाई भोट दिएर जिताएपछि जनताको समस्या समाधान गर्न आजैदेखि अघि सरेको बताए । ‘तपाईहरु मलाई आश गरेर जिताएर पठाएको मान्छे हुँ, त्यसकारण अब तपाईहरु सबैजना लड्ने होइन जिम्मा लिन म आएको छु, तपाईहरुको लागि अब म लड्ने हो तपाईहरुले मलाई भोट हालिसक्नु भाछ’–लामिछानेले भने ।

उनले जितपश्चात अब बधाई खाने समय नभएको भन्दै अब काम गर्ने बेला आएको बताए । त्यही अनुसार औपचारिक सपथ अघि नै जनताको सपथ पाइसकेकाले जनताको काममा लागि परेको जिकिर गरे । ‘मैले यसरी उभिएर बाटो बनाउने कामलाई झकझकाउँदै गर्दा सकैले मिडियाबाजी, स्टन्ड ग¥यो भने भन्लान् त्यो मतलब भएन तर यहाँको बाटो बन्नुप¥यो, स्थानीयबासी ढुक्कले बस्न पाउनु प¥यो’–लामिछानेले भने । उनले थपे, ‘मलाई सामान्य भेटघाट, बधाई कार्यक्रम, शिलान्यास, उद्घाटनमा नबोलाउनुहोला, म तपाईहरुको काममा अघि बढ्छु, मलाई साथ दिनुहोला’–लामिछानेले सबैलाई अनुरोध गर्दै भने ।

सभापति लामिछानेले निर्माणको ठेक्का पाएको कम्पनी रमन शिवशक्ति जेभीका व्यवस्थापक राजु थपलिया र इन्जिनियर रञ्जन ठाकुरलाई आफ्नै मुखबाट माइकमा बोल्न लगाएर भोलि (आइतबार)देखि नै काम गराउने प्रतिवद्धता गराए । ठेकेदार कम्पनीका व्यवस्थापक थपलियाले भने–‘विभिन्न समस्याले सडक निर्माणमा ढिलाई भएको हो, अब हामी ढिला नगरि भोलिबाटै काम अगाडि बढाउँछौं ।’ उनले भोलिदेखि निर्माण सामग्री ल्याउन सुरु गर्ने र पिच निर्माणको काम तत्काल अघि बढाई हाल्ने बताए । ‘यो मंसिर भित्र सबै काम सकिन्छ, निर्वाचनलगायतका विभिन्न कारणले ढिलाई भएको हो अब हुँदैन’–थपलियाले भने ।

यस्तै इन्जिनियर ठाकुरले प्राविधिक कारणले सडक निर्माणको काम ढिलाई भएको बताए । विद्युतको पोल समयमै नसार्नु, ढल निर्माणको काम पछि मात्रै समावेश हुनुले कामलाई असर परेको बताए । अब सबै काम सकिएकाले निर्माण काम नरोकिने प्रतिवद्धता जनाए ।

उनीहरुले प्रतिवद्धता जनाईरहँदा स्थानीयबासीले भने विश्वस्त नभएको संकेत गरिरहेका थिए । स्थानीय यमलाल कँडेलले भने–‘यस्ता प्रतिवद्धता उहाँहरुले धेरै गर्नुभयो तर बाटो बनेन्, अहिले फेरि प्रतिवद्धता जनाउनुभयो अब चाहीँ काम होस् ।’

करिव ३ हजार १ सय मिटर उक्त सडक खण्डमा २ हजार ६ सय मिटर पिच निर्माण सकिएको निर्माण कम्पनीले जनाएको छ । अब धर्मचोक क्षेत्रका ५ सय मिटर सडक पिच गर्न मात्र बाँकी भएकाले छिट्टै काम सकिने कम्पनीले जनाएको छ ।

सो क्रममा निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष केशव लामिछानेले चितवनका कुनै पनि अधुरा निर्माणका काम तत्काल सक्ने गरि काम अघि बढेको बताए । कोभिडलगायत विभिन्न समस्याले निर्माण व्यवसायी मार खेपेपनि अब घरखेत बेचेर भए पनि निर्माण कार्य पुरा गर्ने प्रतिवद्धता जनाए । ‘ठेक्का लिएको समयमा धेरै कुराहरु सस्तो थियो, अहिले सबै महंगो भइसकेको छ, तर हामीले काम रोकेका छैनौं, हाम्रो आफ्नै बाध्यताहरु छन् त्यसलाई थाती राखेर सबै अधुरा काम पुरा गर्ने तयारीमा छौं ।’

इच्छाकामना न्युजबाट

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.