पालुङटारका शिक्षकहरूलाइ कार्यमूलक अनुसन्धान लेख्न अभ्यास गराउँदै शिक्षक महासँघ

कार्यमूलक अनुसन्धान लेखन सम्बन्धी २ दिने कार्यशाला सम्पन्न भएको छ । नेपाल शिक्षक महासँघ पालुङटार नगर समितिको आयोजनामा पालुङटार नगरपालिका वडा न ४ स्थित अमर ज्याेति मा वि मा  सञ्चालन भएको कार्यशालाको समापन समारोहमा प्रमुख अतिथिको रुपमा  बोल्दै पालुङटार नगरपालिकाका नगर प्रमुख बिबश चिन्तन अजय ले शिक्षकहरूले अाफ्नाे जिम्मेवारी बहन गर्न नसकेकाे र धेरै तालिम लिएता पनि  तालिममा सिकेका कुरालाइ व्यवहारमा उतार्न प्रयास नगरेकाे प्रति गुनासाे गर्नुभएकाे थियाे ।  साेही अवसरमा बाेल्दै उहाँले शिक्षकहरूले शैक्षिक गुणस्तर सुधारका लागि प्रतिवद्दता सहित कार्ययाेजना ल्याएमा जति पनि लगानी गर्न अाफू तयार रहेकाे समेत बताउनुभएकाे थियाे ।

श्रावण २१ र २२ गते सञ्चालन भएको कार्यशालामा प्रशिक्षक लक्ष्मणबाबु अाचार्यले कार्यमूलक अनुसन्धानको महत्व तथा प्रयोग र यसबाट शिक्षक तथा शैक्षिक क्षेत्रमा हुने फाइदाका  बारेमा सहजीकरण गर्नुभएको थियो । साथै अाधारभूत तहका बिद्यार्थीहरूकाे मूल्याँकन प्रक्रियाका बारेमा समेत उहाँले सहजीकरण गर्नुभएकाे थियाे ।

कार्यशालामा वडा नं. १ देखि ५ सम्मका विभिन्न विद्यालयका २९ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

शिक्षकहरुको पेशागत छाता सँगठनको रुपमा रहेको महासँघले स्थापनाकालदेखि हरेक बर्ष शिक्षकहरुको पेशागत बिकाससँग सम्बन्धित बिभिन्न प्रकारका तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

शिक्षक महासँघ पालुङटारका अध्यक्ष चेतनाथ पन्तकाे को अध्यक्षतामा सम्पन्न समापन समारोहमा सहभागीका तर्फबाट एलिसा खनाल र प्रेम काेइराला, अमर ज्याेति  मा वि का प्रधानाध्यापक माधव राज देवकाेटा, साेही बिद्यालयका शिक्षक साेमप्रसाद मुडबरी,  प्रशिक्षक लक्ष्मण बाबु अाचार्य लगायतकाले मन्तव्य राखेका थिए । २१ गतेकाे उदघाटन समाराेहमा भने शिक्षा शाखा पालुङटारकी शिक्षा शाखा अधिकृत करूणा पनेरू प्रमुख अतिथिकाे रूपमा रहनुभएकाे थियाे ।

महासँघले सोही प्रकारको कार्यशाला रजगरे माध्यमिक विद्यालयमा पनि सञ्चालन गरेको थियाे ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.