गाेरखाका पाण्डे परिवार काठमाडौं मा सखाप: श्रीमान श्रीमती बिबादले हत्या

तारकेश्वर नगरपालिकाका प्रमुख  प्रमुख कृष्णहरि महर्जनले घटनाको प्रकृति हेर्दा दिनेशले पत्नी ३४ वर्षीया  सुनिता काप्री पाण्डे, छोरी सात वर्षीया आशिका र छोरा ११ वर्षीय आशिक पाण्डेको हत्या गरेर आफूले आत्महत्या गरेको जस्तो देखिएकाे बताईएकाे छ ।

उनले भने, ‘परिवार सखाप पारेर दिनेशले आत्महत्या गरेको जस्तो छ। थप जानकारी भने प्रहरी अनुसन्धानबाट पुष्टि हुनेछ।’  एसपी कोइरालाले पनि परिवारका सदस्यको हत्या गरेपछि आफूले आत्महत्या गरेको आशंका गरेका छन्।

उनले भने, ‘परिवारका अन्य सदस्यको शरीरमा धारिलो हतियार प्रहार गरेको देखिन्छ। दिनेश भने झुन्डिएको अवस्थामा फेला परेका छन्।’ उनले घटनाबारे विस्तृत जानकारी पोस्टमार्टमपछि मात्रै थाहा हुने पनि बताए। उनीहरूको स्थायी घर गोरखाको अश्राङ भएको बताइएको छ।

पाण्डे र उनकी श्रीमतीबीच लामो समयदेखि विवाद बढेको थियो। विवाद बढेपछि दुई पटकसम्म उनलाई प्रहरी हिरासतमा पनि राखिएको थियो। श्रीमती विदेश जाने तयारीमा रहेको पनि खुलेको छ। श्रीमतीको बेलायतको भिसा आइसकेपछि पाण्डेले काभ्रेस्थलीमा रहेको घर बेच्न खोजेपछि विवाद चर्किएको थियो। काभ्रेस्थलीको घर श्रीमती सुनिताको नाममा रहेको र बेच्न नमानेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.