सर्ने रोग र नसर्ने रोगका बिषयमा पत्रकारहरु संग छलफल तथा अन्तरक्रिया

गोरखा,१९ असार :

स्वास्थ्य कार्यालयको आयोजनामा गोरखामा सर्ने रोग र नसर्ने रोगका बिषयमा आज पत्रकारहरु संगको छलफल तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा गएको केही बर्षदेखि जिल्ला नसर्ने डेंगु, स्क्रब टाइफस तथा कालाजार रोग भेटिएकाले यसबाट जोगिन सर्तकर्ता अपाउनुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा कार्यालयका जनस्वास्थ्य निरीक्षक नवराज खड्काले जिल्लामा गतबर्ष २४ जना र यो जिल्लामा २ जनामा डेंगु रोगका बिरामी फेला परेको बताउनुभयो ।

नेपालका सन् २००४ मा फेला परेको डेगुरोग एडिज नामक लामखुट्टेको टोकाईबाट सर्दछ । छालामा बिमिरा देखिनु वा अत्याधिक ज्वरो आउनु डेँगुरोगको लक्षण हुनसक्ने भएकाले तत्काल स्वास्थ्य परीक्षण गर्नुपर्ने जनस्वास्थ्य निरीक्षक खड्काले बताउनुभयो । त्यस्तै गएको बर्ष गोरखामा १ जना र यो बर्ष २ जनामा स्क्रब टाईफस संक्रमित भेटिएको उहाँको भनाई छ ।

शहीद लखन गाउँपालिकामा भेटिएको यो रोग किर्नाको टोकाईबाट सर्ने जनस्वास्थ्य निरीक्षक खड्काले जानकारी दिनुभयो । त्यस्तै कालाजार रोग पनि गोरखा भेटिएको उहाँको भनाई छ । भुसुनाको टोकाईबाट सर्ने यो रोग तराईका जिल्लाहरुमा बढी देखिने भएपनि गोरखामा समेत संक्रमित भेटिएको कार्यालयको भनाई छ । गोरखा जिल्लामा अहिलेसम्म १ जनामा कालाजारका संक्रमित भेटिएको उहाँले जानकारी दिनुभयो । भुसुनाले टोकेको २ देखि ६ महिनासम्ममा यो रोगको लक्षणदेखिने गरेको खड्काले बताउनुभयो ।

छलफल कार्यक्रममा स्वास्थ्य कार्यालय गोरखाका निमित्त कार्यालय प्रमुख नरजंग ठकुरीले पछिल्लो समय महामारीको रुपमा देखिएका यस्ता खालका रोगहरुबाट जोगिन व्यक्ति आफै जागरक हुनुपर्नेमा जोडदिनुभयो । उहाँले यस्ता खालका रोगको लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षणका लागी पुग्नु बताउनुभयो । ठुकरीले ढिला सुस्ती र हेलचक्राईले मानिसको ज्यान समेत जान सक्ने भएकाले यि रोगसंग मिल्दाजुल्दा लक्षण देखिने बित्तिकै स्वास्थ्य जाँच गराउन आग्रह गर्नुभयो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.