पालुङटारमा शिक्षकहरूका लागि ७ दिने डिजीटल लिटरेसी तालिम शुरू

असार १९, गाेरखा ।

गाेरखाकाे पालुङटार नगरपालिकामा शिक्षकहरूका लागि ७ दिने डिजिटल लिटरेसी तालिमकाे शुरू भएकाे छ ।

गण्डकी प्रदेश अन्तर्गत शिक्षा तालिम केन्द्र दमाैलीकाे अायाेजनामा पालुङटार नगरपालिका वडा नं. ७ स्थित जीवन ज्याेति माध्यमिक बिद्यालयमा सिकाइ सहजीकरणमा सूचना तथा सञ्चार प्रविधीकाे प्रयाेगसम्बन्धी कस्टमाइज्ड तालिमकाे शुरूवात गरिएकाे छ ।  तालिम केन्द्रका प्रमुख नेपाल हरि रानाभाटकाे सभापतित्वमा तालिमकाे उद्घाटन समाराेह सम्पन्न भएकाे थियाे । तालिम उदघाटन समाराेहमा बाेल्दै तालिम केन्द्रका प्रमुख रानाभाटले तालिम केन्द्रमा मात्र केन्द्रित गर्दा धेरै भन्दा धेरै शिक्षकहरू समेटन नसकिरहेकाे सन्दर्भमा स्थानीय निकायहरूसँगकाे समन्वयमा सञ्चालन गर्न पाउँदा खुशी लागेकाे बताउनुभयाे । शिक्षकमा हुनुपर्ने सक्षमता मध्येकाे एक सक्षमताभित्र पर्ने प्रविधीसम्बन्धी तालिमले शिक्षकहरूमा सकारात्मक प्रभाव पर्ने बताउनुभयाे ।   साे तालिममा पालुङटार नगरपालिका शिक्षा शाखाका अधिकृत माधव पाेखरेलले शिक्षा तालिम केन्द्रले तालिम प्रदान गरेकाे प्रति अाभार व्यक्त गर्नुभएकाे थियाे । साेही क्रममा बाेल्दै सिकेका कुराहरूलाइ कक्षाकाेठासम्म पुर्याउनुपर्नेमा जाेड दिनुभएकाे थियाे ।

जीवन ज्याेति माध्यमिक बिद्यालयका प्रधानाध्यापक बद्री बहादुर पाण्डेले स्वागत गर्नुभएकाे थियाे । कार्यक्रमकाे सञ्चालन शिक्षक एवं च्याङली सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष रविन्द्र कंडेलले गर्नुभएकाे थियाे ।

तालिम केन्द्रकाे अायाेजना सञ्चालित साे कार्यक्रमकाे संयाेजन पालुङटार नगरपालिकाले गरेकाे छ भने व्यवस्थापन च्याङली सामुदायिक सिकाइ केन्द्रले गरेकाे छ ।

२५ गतेसम्म सञ्चालन हुने साे कार्यक्रममा पालुङटार नगरपालिकाभित्रका बिभिन्न बिद्यालयका २८ जना अाधारभूत तथा माध्यमिक तहका  शिक्षकहरूकाे सहभागिता रहेकाे छ । १९ गते शिक्षकहरूका लागि गुगल क्लासरूमकाे महत्व दर्शाउँदै यसकाे प्रयाेगविधी का बारेमा प्रयाेगात्मक रूपमा प्रशिक्षक किर्तिराज ढकालले सहजीकरण गर्नुभएकाे थियाे । तालिम अवधीभरमा वर्ड, एक्सेल, पावरपाेइन्ट, इमेल इन्टरनेट तथा शिक्षकहरूका लागि उपयाेगी वेभसाइटहरूकाे बारेमा सहजीकरण गरिने तालिम केन्द्रले जनाएकाे छ ।

 

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.