गोरखामा जबरजस्ती करणीका फरार प्रतिवादी प्रकाउ

गोरखामा जबरजस्ती करणीका फरार प्रतिवादी प्रकाउ परेको छ ।

पक्राउ पर्नेमा भिमसेन थापा गाँउपालिका वडा नं.४ पिपलथोकका २१ वर्षीय विनोद बि.क. रहेका छन् । उनलाई सोही ठाँउकी १६ वर्षीय नाबालिका लाई करणी गरेको आरोपमा प्रकाउ गरिएको डिएसपी लिलाराज लामिछानेले जानकारी दिनु भयो ।

उनी विरुद्द जवरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिए पश्चात फरार रहेको थियो । त्यस पछि उनको निरन्तर खोजतलास गर्ने क्रममा आज बिहान भिमसेन थापा ४ स्थित निजकै सम्बन्धित घर वतनबाट फेला पारी पक्राउ गरिएको लामिछानेले बताउनु भयो ।

उनलाई पक्राउ गरी जिल्ला अदालत गोरखामा उपस्थित गराई अदालतको आदेश बमोजिम पुर्पक्षको लागि कारागार थुनामा पठाएको उहाँले जानकारी दिनु भएको छ ।

Back to top button
Skip Add
Close