शहीद लखन गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि कुल ६९ करोड ८ लाख १ हजार रुपैयाको बजेट सार्वजनिक

गोरखा, १० असार :

गोरखाको शहीद लखन गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि कुल ६९ करोड ८ लाख १ हजार रुपैयाको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले गाउँपालिकाको ११ औ गाउँसभामा आज आगामी आर्थिक बर्षका लागि बजेट सार्वजनिक गर्नुभएको हो । गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा संघिय सरकारबाट प्राप्त हुने मूल्य अभिबृद्धि करबाट ९ करोड ७२ लाख ३० हजार, बिद्युत रोयल्टी बाँडफाडबाट रु ३७ लाख ५० हजार, गण्डकी प्रदेश सरकारबाट राजस्व बाँडफाँड अन्तरत सवारीकर बाट ५५ लाख, घरजग्गा रजिष्ट्रेसनबाट रु ६ लाख ५० हजार रुपैया प्राप्त हुने अनुमान गरेको छ ।

त्यस्तै बिज्ञापन करबाट २ लाख, दहत्तकर बिक्रीबाट १५ लाख रुपैया प्राप्त हुने गाउँपालिकाले अनुमान गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा संघिय सरकारबाट समानिकरण अनुदान तर्फ १६ करोड ४४ लाख, शसर्तं अनुदान तर्फ २४ करोड २९ लाख, बिशेष अनुदान तर्फ रु १ करोड ५० लाख र समपुरक अनुदान तर्फ रु ३ करोड ५० ला रुपैया प्राप्त हुने उपाध्यक्ष तिवारीले बताउनुभयो ।

प्रदेश सरकारबाट समानीकरण अनुदान तर्फ रु २ करोड ५ लाख ३६ हजार, बिशेष अनुदान तर्फ रु ५० लाख, समपुरक अनुदान तर्फ रु ७० लाख प्राप्त हुने गाउँपालिकाले अनुमान गरेको छ । त्यस्तै चालु आर्थिक बर्षमा खर्च हुन नसकेका आयोजनाबाट करिब ८ करोड रुपैया मौज्दात रहने अनुमान गाउँपालिकाले गरेको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा पालिका भित्र कृषि उत्पादनका लागि जग्गा भाडामा लिएर व्यवसायिक कृषि खेती गर्ने किसानहरुलाई २५ प्रतिसत अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । त्यस्तै कृषि यान्त्रिकीकरणमा ५० प्रतिसत अनुदान उपलब्ध गराउने, युवाहरुलाई रोजगारी कार्यक्रम सञ्चालन गर्न १० लाख रुपैया बजेट बिनियोजन गरेको छ ।

गाउँपालिकाले गौरवका योजनाहरु अन्तरगत बक्राङ दिप्लिङ, गुर्दुम, मस्कीछाप सडक स्तरोन्नतीका लागि रु २० लाख, रामशाह घाट रैकरबेसी ढाडबारी मनकामना सडकका लागि रु १० लाख, कान्टार नाम्जुङटार मनकामना सडकका लागि रु १३ लाख रकम बिनियोजन गरेको छ । बजेटमा गाउँपालिकाको प्रशासकिय भवन निर्माणको लागि २ करोड, वडा नम्बर १ को कार्यालय भवन निर्माणका लागि २७ लाख र वडा नम्बर ९ को कार्यालय भवन निर्माण लागि ७१ लाख रुपैया गाउँपालिकाले बिनियोजन गरेको छ ।

गाउँसभामा बजेट प्रस्तुत गर्नुहुदै गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी

त्यस्तै चुले भिर टावरमा शौचालय निर्माणका लागि ४ लाख तथा पार्क बिकासका लागि १० लाख बिनियोजन गरेको पालिका उपाध्यक्ष इन्दिरा तिवारीले बताउनुभयो । त्यस्तै बोर्लाङ गाउँ खानेपानी आयोजनाका लागि १० लाख, दीर्घरोगीरुका लागि औषधी खरिदका लागि १० लाख, पालिका भित्र अल्ट्रा साण्ड कार्यक्रम सञ्चालन गर्न ३ लाख रुपैया गाउँपालिकाले बिनियोजन गरेको छ ।

गाउँपालिकाले बिपत व्यवस्थापनका लागि १५ लाख, बिभिन्न निकायसंग साझेदारी कार्यक्रम सञ्चालनका लागि ४० लाख, अनलाईन राजस्व भुक्तानी प्रणालीको बिकासका लागि ५ लाख रुपैया गाउँपालिकाले बिनियोजन गरेको छ ।  त्यस्तै चालु प्रकृतिका खर्चका लागि १२ करोड, वडा स्तरीय योजना सञ्चालनका लागि ६ करोड ९५ लाख रुपैया बजेट बिनियोजन गरेको गाउँपालिका उपाध्यक्ष तिवारीले जानकारी दिनुभयो । गाउँपालिकाकाले आगामी आर्थिक बर्षमा कुल १ करोड २१ लाख ३५ हजार रुपैया राजस्व संकलनको लक्ष्य लिएको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.