घर निर्माण गर्दा नक्सा नगरपालिकाले नै निशुल्क रुपमा बनाइदिने

गोरखा, १० असार :

गोरखा नगरपालिकाले नगरबासीहरुका लागि घर निर्माण गर्दा नक्सा नगरपालिकाले नै निशुल्क रुपमा बनाइदिने घोषणा गरेको छ । नगरपालिकाका प्रमुख कृष्ण रानामगरले आर्थिक बर्ष २०७९/ ०८० को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै यस्तो घोषणा गर्नुभएको हो । नगरपालिकाले गोरखा बजारको सुन्दरता बढाउनका लागि बजार क्षेत्रलाई सुरक्षित, व्यवस्थित, गर्न ठूला लोड गाडीहरु बजार भन्दा बाहिरबाट आउने जाने व्यवस्था मिलाउने नीति अनुरुप डण्डी डाँडा बसपार्क व्यवस्थित गर्ने, ठिँगुरेस्वाँरा खोलखोले साइड, सतिपिपल साइड र रानीस्वाँरा आहाले भन्ज्याङ साइडमा बसपार्क निर्माण गर्ने योजना सार्वजनिक गरेको छ ।

त्यस्तै नगरप्रमुख रानामगरले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा एक वडा एक स्तरीय सडक, एक वडा एक गौरवको आयोजनालाई सञ्चालन गर्ने नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । त्यस्तै जनतासंग नगरप्रमुख कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक खेलमैदान निर्माण कार्यक्रम ल्याउने, गाई बस्तुका लागि सुत्केरी स्याहारका लागी अनुदान सहयोग गर्ने लगायतका लोकप्रिय कार्यक्रम नगरपालिकाले ल्याएको छ ।

नगरपालिका भित्रका फोहोर व्यवस्थापनका लागि मेरो फोहोर मेरो जिम्मेवारी भन्ने अबधारणको बिकास गराउने खालका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । त्यस्तै वडा नम्बर ८ मा रहेको डम्पिङ साईडलाई सरसफाई केन्द्रको रुपमा बिकास गर्ने, नगरपालिका भित्रका फोहोर मैला व्यवस्थापनलाई थ्रि आर बिधिमा व्यवस्थापन गरिने, नगरपालिका भित्र कृत्रिम पोखरीहरु निर्माण गरी सुन्दरता र रामणीय ता सहितको पानीको स्रोत बढाउने नीति नगरपालिकाले लिएको छ ।

शिक्षामा नगरपालिकाले १० बर्षे शैक्षिक गुरु योजना निर्माण निर्माण गर्ने , एक बिधालय एक स्काउट शिक्षक उत्पादनमा जोडदिने, शिक्षण सिकाईलाई प्रभाकारी बनाउन नियमित अनुगमन गर्ने तथा बिधालयहरुलाई प्रबिधिमैत्री बनाउन प्राबिधिक ज्ञान सिपको बिकास गराउने खालका कार्यक्रम सञ्चालन गर्ने घोषणा नीति तथा कार्यक्रममा गरिएको छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.