अनिश दवाडीको उत्कृष्ट सृर्जनामा कुशल र शान्ति श्रीले गाए मर्मस्पर्शि गित ‘एकलो न्याउली’ (भिडियोसहित)

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोहि क्रममा अनिष दवाडीको उत्कृष्ट सृर्जनामा रहेको नयाँ दोहोरी गित ‘एक्लो न्याउली’ भखर्रै सार्वजनिक भएको छ ।

कुनै श्रष्टाका सृजनाले मानव मन-मस्तिष्कमा यसरी छुन्छन् की हेर्दा-हेर्दै वा सुन्दा-सुन्दै जो कोही हिक्क-हिक्क गर्छ । थाहै नपाई आँखाबाट आँशु बग्न थाल्छ । अनेक आवेग, उत्वेगहरु तत्कालै आउँछ । नेपाली समाजका घटनालाई ठ्याक्कै पस्किनेगरी कलम चलाउने गीतकार अनिष दवाडीको भर्खरै सार्वजनिक भएको गीतलेपनि ठिक त्यस्तै बनाएको छ । गीत हेर्ने जो कोहीले लेखिएका शब्द, संगीतमा भरिएको स्वर र संगीत-स्वरलाई ठ्याक्कै मिल्नेगरी कथाबस्तु सहित तयार पारिएको भिडियोले जो कोहीको मन-मस्तिष्क छोएको छ ।

मानिसहरु भिडियो हेर्दै हिक्क–हिक्क भइरहेको प्रतिक्रिया दिइरहेका छन् । कयौँले आँशु थाम्न नसकेको प्रतिक्रिया सामाजिक सञ्जालमा दिइरहेका छन् । हुनपनि भिडियो त्यस्तै बनेको छ । गाउँले दु:खमा प्रेमपूर्वक कटाइरहेको वैवाहिक जीवन थाहै नपाई भत्किन्छ । सानो छोरी समेत भइसकेकी श्रीमती घर-श्रीमान, आफ्नो बच्चा चटक्कै छोडेर अर्कैको साथमा हिँड्छिन् ।

त्यसपछि ‘एक्लो न्याउली’ झै विरहमा रहेका बाबु, छोरीलाई जिवन्त कथाको अभिनयमा उतारिएको छ ।

‘बाँचेर नी अर्थ छैन अब कसो गरु,

आँखै बन्द गरि परान फालम क्या हो बरु’

भन्ने शब्दमा भक्कानिएको र छटपटाएको दृष्यले सुरुमा नै मानिसको मन र मस्तिष्कमा भूईचालो ल्याईदिन्छ ।

‘दिउसै जुन हेर्न खोज्नी कठै मेरा आँखा,

कता जाम म, के गरम म रित्तिएसी काखा’

 ‘म मरेर चितामा जल्दै गर्दा फूल चढाउन भ्याउली कि नभ्याउली, एकलो यो न्याउली’ जस्ता विरहका शब्द र भाकाले मानिसलाई निक्कै बेर रुवाउँछ ।

गीतमा चर्चित गायिका शान्ति श्री परियार र कुशल बेल्वासेको स्वर रहेको छ भने, अनिष दवाडीको शब्द संगित रहेको छ ।

विनोद भण्डारीको उत्कृष्ट कथावस्तुमा निर्देशन भएको गितको म्युजिक भिडियोमाजुना गुरुङ, प्रेम सोनी सुनार, कुसुम घर्ति मगर र के.पी. बाग्दास अभिनय रहको छ ।

अत्यन्तै उत्कृष्ट कथावस्तुमा तयार पारिएको गितको म्युजिक भिडियोलाई नवराज उप्रेतीले छांयाकन एवम् मनोज कार्कीले सम्पादन गरेका छन् । गितको म्युजिक भिडियो अत्यन्तै मनछुने वनेको छ ।

Godhuli Creation को पोष्ट प्रोडक्सनमा तयार पारिएको उक्त गितको म्युजिक भिडियो Prem Soni Sunar को अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.