महोत्तरीमा बोक्सी आरोप लगाएर दुई महिलामाथि कुटपिट

२८ जेठ, जनकपुरधाम । महोत्तरी सदरमुकाम जलेश्वरमा बोक्सी आरोप लगाएर दुई महिलामाथि कुटपिट भएको छ ।

जलेश्वर नगरपालिका-६ धबौली निवासी ५३ बर्षीया कालोदेवी र ५४ बर्षीया दुलरिया देवीलाई स्थानीय केही व्यक्तिले बोक्सी आरोप लगाएर कुटपिट गरेको प्रहरीले जनाएको छ ।

स्थानीय सोमन भनिने सोमारी देवीसहितकाले दुई महिलामाथि हात, लाठी र लात्तीले कुटपिट गरी घाइते बनाएको  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।

दुबै महिलामाथि २६ जेठको बिहान कुटपिट भएको प्रहरीले बताएको छ । ‘भूतप्रेत लगाएको भन्दै उनीहरुले दुबैलाई कुटपिट गरेका रहेछन्’ प्रहरी निरीक्षक राईले भने, ‘घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ ।’

पक्राउ पर्नेमा सोही ठाउँका ४५ बर्षीय भुलन राम र २८ बर्षीया सोमनी भनिने सोमारी देवी छन् । उनीहरुबिरुद्ध बोक्सीको आरोप लगाई कुटपिट गरी ज्यान मार्ने उद्योग शीर्षकमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भई फरार भएका अन्यको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

साभारः https://www.onlinekhabar.com/

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.