भाेट कसरी हाल्ने अनि कस्ताे अवस्थामा बदर हुन्छ राम्रेसँग अध्ययन गर्नुहाेस

वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका तथा स्थानीय तह निर्वाचन निर्देशिकामा मतदान स्थलमा मतदाता सूचना कक्षको माध्यमबाट मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने व्यवस्था भएकोमा मतदानको दिन (वैशाख ३० गते) उक्त कार्यक्रम नगरी मतदानको अघिल्ला दुई दिन (वैशाख २८ र २९ गते) मतदान स्थलहरूमा सम्बन्धित मतदान अधिकृतहरूको नेतृत्वमा खटिने मतदान टोलीबाट आयोगले उपलब्ध
गराएका मतदाता परिचयपत्रहरूको वितरण गर्ने र आयोगले उपलब्ध गराएका नमूना मतपत्र लगायतका पोष्टर, ब्रोसर आदि छपाई सामग्रीहरूको माध्यमबाट निम्न बमोजिम मतदान गर्ने सहि तरिका बारे जानकारी गराउनु हुन निर्णयानुसार अनुरोध गरिन्छ ।
१. मतदान अधिकृतको नेतृत्वमा खटिएको मतदान कार्यटोली मतदानस्थलमा पुगेपछि वैशाख २८ र २९ गतेका दिन सवै मतदाताहरूलाई मतदान गर्ने तरिका र मतदाता शिक्षाको लागि उपस्थित हुन सूचना दिने र यस कार्यको लागि आवश्यकता अनुसार सर्वदलीय सर्वपक्षीय सहयोग लिने ।
२. मतदानस्थलमा उपस्थित मतदातालाई नमूना मतपत्र देखाएर मतदान गर्ने तरिकाको बारेमा निष्पक्ष रुपमा जानकारी दिने ।
३. मतदान गर्ने तरिका बारेमा मतदातालाई जानकारी गराउँदा कुनै पनि राजनीतिक दलको निर्वाचन चिन्हको नाम नलिने,
४. मतदातालाई मतदाता शिक्षा सम्बन्धी जानकारी दिएपछि मतदान गर्ने दिन वैशाख ३० गते शुक्रबार बिहान ७.०० बजेदेखि अपरान्ह ५ बजे भित्र मतदान गर्न आउन आग्रह गर्ने ।
५. मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिई जानुपर्ने कुरा जानकारी गराउने ।
६. मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्ने तरिकाको बारेमा मतदातालाई देहाय अनुसार जानकारी प्रदान गर्ने ः–
 मतपत्रमा सातवटा निर्वाचन चिन्हमा मतसब्केत गरी मतदान गर्नुपर्ने,
 पहिलो ठाडो लहरमा प्रमुख वा अध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिन्हहरू मध्ये एउटा चिन्हमा,
 दोस्रो ठाडो लहरमा उपप्रमुख वा उपाध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिन्हहरू मध्ये एउटा चिन्हमा,
 तेस्रो ठाडो लहरमा वडा अध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिन्हहरू मध्ये एउटा चिन्हमा,
 चौथो ठाडो लहरमा महिला सदस्य पदको उम्मेदवारको निर्वाचन  चिन्हहरू मध्ये एउटा चिन्हमा,
 पाँचौँ ठाडो लहरमा दलित महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिन्हहरू मध्ये एउटा चिन्हमा,
 छैठौँ र साताँै ठाडो लहरमा रहेका दुई सदस्य पदका उम्मेदवारहरुको निर्वाचन चिन्हहरू मध्ये कुनै दुई निर्वाचन चिन्हमा छुट्टा–छुट्टै छाप लगाई दुई उम्मेदवारलाई मतदान गर्नुपर्छ ।

ड. यसरी हरेक पदका लागि आपूmले रोजेको सात जना उम्मेदवारहरूको चिन्ह रहेको स्थानमा कोठाभित्र पर्ने गरी मत सब्केत गर्नुपर्दछ ।
ढ. गोप्य मतदान कक्षसँगै राखिएको स्वस्तिक छाप लिई आपूmले रोजेको उम्मेदवारको चिन्हमा रहेको कोठाभित्र पर्ने गरी मत सब्केत गर्नुपर्दछ ।
.मतपत्रमा मत संकेत गरे पछि मत पत्रलाई राम्ररी पट्याई मत पेटिकामा खसाल्नु पर्छ ।
. यस पछि मतदाता तोकिएको स्थान र मार्गबाट बाहिर जानु पर्दछ ।
.मतपत्रमा पहिलो पाँच पदका लागि हरेक पदमा एकभन्दा बढी उम्मेदवारलाई मत दिएमा त्यस्तो मत बदर हुन्छ ।
. मतपत्रको छैठौँ र सातौँ लाइनबाट दुई जना वडा सदस्य पदमा निर्वाचित गर्नु पर्नेमा उम्मेदवार भएको वा नभएको निर्वाचन चिन्ह भएका दुई भन्दा बढी कोठामा मत संकेत गरिएकोमा सो पदको मत बदर हुन्छ ।
. मत सब्केत गर्ने क्रममा स्वस्तिक छाप नबुझिने गरी मसी लत्पतिएमा मत बदर हुन्छ ।
.मतपत्रमा स्वस्तिक छाप बाहेक अन्य छाप लगाएमा वा अन्य चिन्हले मत सब्केत गरेमा मत बदर हुन्छ ।
. र्दुइवटा निर्वाचन चिन्ह रहेको कोठाको बीचमा पर्ने गरी स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ ।
.उम्मेदवारको चिन्ह रहेको कोठाभन्दा बाहिर स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.