सुनसरीमा कांग्रेसका बागी उम्मेदवार झुण्डिएको अवस्थामा मृत भेटिए

सुनसरी — स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका लागि टिकट नपाएपछि सुनसरीको रामधुनी नगरपालिका– ८ बाट वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ६५ वर्षीय गणेश पौडेल आफ्नै घर पछाडिको रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

उनको शव शनिबार बिहान फेला परेको हो । रामधुनीको डुम्रास्थित पौडोल चोकमा परिवारसहित बस्दै आएका पौडेल कांग्रेसका क्रियाशील सदस्य हुँदा पनि ०७४ को चुनावा पनि टिकट नदिएको र यसपटक पनि नदिएपछि आफ्नो स्वतन्त्र प्यानलै बनाएर वडा ८ बाट वडाध्यक्षमा बागी उम्मेदवारी दर्ता गरेका थिए ।

कांग्रेसले वडाध्यक्षमा टिकट नदिएपछि स्वतन्त्रमा उठेका उनी चार दिनअघि मात्र घरबाट वेपत्ता भएका थिए । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘मोबाइल फोन घरैमा राखेर र मोटरसाइकल इनरुवामा छाडेर चार दिनअघि घरबाट उनी वेपत्ता भएपछि परिवारले दिएको उजुरीको आधारमा प्रहरीले व्यापक खोजी गरेको थियो । तर उनी त्यसको भोलिपल्ट सम्पर्कमा आएका थिए ।’

सम्पर्कमा आएका पौडेलले आफू साथीको घरमा बसेको बताएका थिए । उनको शवसँगै प्रहरीले सुसाइड नोट पनि बरामद गरेको प्रजिअ यादवले बताए । सुसाइड नोटमा पौडेलेले लेखेका छन्, ‘यो कार्य म आफैंले गरेको हो । कसैलाई दोष नदिनू । मलाई समवेदना र झण्डा ओढाउने कार्य नगर्नू । मलाई चिरफार नगर्नू । डीएसपी एन कार्की एकदमै राम्रो मान्छे यति बुझदिनू । पोष्टमार्टम नगरिदिनू । सबैले हेर्न पाउन् । बुवाआमालाई माया गर्नु सबैले । भतिजा भतिजीलाई हेर्नु । म आफ्नै कारणबाट आजदेखि बिदा हुँदैछु । घरपरिवारलाई ठीकसँग राख्नू । कसैले पिर नगर्नू । समय कम छ । यतिनै लेखे । अस्तु ।’

स्थानीय तहको चुनाव र आफ्नै पार्टीभित्रको विवादका बीच पौडेलको मानसिक सन्तुलनमा केही गडबढी उत्पन्न भएकाले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । तर उनले मितिसहितको हस्ताक्षर गरेको सुसाइड नोट उनैले लेखेको हो वा अरुको दबाबमा परेर लेखेको त्यसबारे भने अनुसन्धान हुन बाँकी छ ।

निर्वाचन कार्यालयमा स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टीले उम्मेदवारी फिर्ता लिन दबाब दिएको थियो । तर पौडेलले फिर्ता नलिएपछि कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो । पौडेलको आत्महत्या घटनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । पोष्टमार्टमका लागि उनको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

Source: https://ekantipur.com/

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.