स्थानीय निर्वाचन : आज र भाेलि देशैभर उम्मेदवारी दर्ता हुँदै

गाेरखा- यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज (आइतबार) र भोलि (सोमबार) देशैभर उम्मेदवारी दर्ता हुँदैछ।

निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी (मनोनयन) दर्ताको लागि समय निर्धारण गरेको छ।

गाेरखाका ११ सहति देश भरका ७५३ स्थानीय तहअन्तर्गत ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिकाको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरेर ३५ हजार २ सय २१ पदका लागि मनोनयन दर्ता हुन लागेको हो।

उम्मेदवारी दर्ताका लागि सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएका छन्। उम्मेदवार बन्न चाहनेले तोकिएका सबै प्रक्रिया पूरा गरेर उम्मेदवारी दर्ता गर्न सक्ने आयोगले जनाएको छ।

आज र भोलि दर्ता हुने उम्मेदवारीबारे वैशाख १३ गते दाबी विरोध वा उजुरी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।

त्यसैगरी वैशाख १४ र १५ गते उजुरी उपर जाँचबुझ गर्ने र १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने समय तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

आयोगले बहालवाला जनप्रतिनिधिलाई उम्मेदवार बन्न राजीनामा गर्नुपर्ने आचार संहिता लागू गरेको छ। उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले धमाधम राजीनामा दिइरहेका छन्।

निर्वाचन आफ्नो पक्षमा पार्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलहरु गठबन्धन निर्माण गरेर निर्वाचनमा होमिएका छन्। तर, मनोनयनको दिनसम्म पनि धेरै ठाउँमा दलहरुले उम्मेदवार टुंग्याउन सकेका छैनन्।

२०७४ सालमा तीन चरणमा गरिएको स्थानीय तह निर्वाचन यस पटक देशैभरि एकै चरणमा हुन लागेको हो।

स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको नेपाली नागरिक स्थानीय तहका जुनसुकै पदमा उम्मेदवार हुन पाउने व्यवस्था छ।

उम्मेदवार बन्ने व्यक्ति सम्बन्धित स्थानीय तह वा सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ।

सरकारी सेवामा कार्यरत, निर्वाचन कसुरमा संलग्न भएर सजाय भोगेको दुई वर्ष नकाटेको, नैतिक पतन देखिने फौजदारी कसुर वा जन्मकैद हुने सजायमा अन्तिम फैसलाबाट सजाय पाएका व्यक्ति स्थानीय तहमा उम्मेदवार हुन पाउँदैनन्।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा १ करोड ७९ लाख मतदाता रहने निर्वाचन आयोगले जनाएको छ। आयोगले मतदाता नामावली अद्यावधिक गरिसकेको छ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.