गोरखामा म्यादी प्रहरीको तालिम सकियो, अब कार्यक्षेत्रमा खटाइने

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गोरखामा विभिन्न स्थानमा खटिने म्यादी प्रहरीलाई सुरक्षा सम्बन्धी आधारभूत तालिम दिएको छ । गोरखा सदरमुकाममा शुक्रबार एक कार्यक्रमका बीच म्यादी प्रहरीको आधारभूत तालिम समापन गरिएकोे जिल्ला प्रहरी कार्यालय गोरखा एसपी केदार खनालले बताए ।

No description available.

 

जिल्ला प्रहरी कार्यालय गोरखाकाअनुसार जिल्लाका चार स्थानमा म्यादी प्रहरीहरुका लागि तालिम संचालन गरिएको थियो । ईलाका प्रहरी कार्यालय आरुघाट, जौवारी, पालुङटार र जिल्ला प्रहरी कार्यालय सदरमुकाममा म्यादी प्रहरीलाई तालिम दिइएको एसपी खनालले जानकारी दिए । उनकाअनुसार १७ सय ७२ तालिममा सहभागी भए ।

No description available.

१० दिनको अवधिमा मतदान प्रक्रिया, मतदानमा सुरक्षाका लागि अपनाउनुपर्ने उपायहरु लगातका निर्वाचन सम्बन्धी आधारभूत कुराहरु सिकाइएको उनले बताए । लाठी अभ्यास, शारीरिक ब्यायम, सलाम गर्ने तरिका लगायतको बारेमा प्रहरीले म्यादीलाई अभ्यास गराएका थिए । म्यादी सम्बन्धी आधारभूत तालिम सम्पन्न भएपछि सबैलाई नजिककै प्रहरी चौकीमा खटाइएकोे र बैशाख २० गतेपछि सबैलाई आ(आफ्नो कार्य क्षेत्रमा खटाइने एसपी खनालले जानकारी दिए ।

No description available.

म्यादी प्रहरीमा भर्ना भएका सबैलाई आफ्नो पालिकाबाहेक अन्य पालिकामा खटाउने गरी तयारी भइरहेको एसपी खनालले बताए ।
सेवा सुविधाको हकमा म्यादी प्रहरीका लागि मासिक एक महिनाको तलब ३० हजार २ सय रुपैया र पोशाकमा ६ हजार, रासनमा ७ हजार र भ्रमण खर्चमा एक हजारको व्यवस्था गरिएको छ । त्यस्तै, स्थानीय तहको निर्वाचनमा भौगोलिक विकटता र राजनीतिक दृष्टिकोणले मतदाता स्थलहरुलाई संवेदनशील, अतिसंवदेनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेको छ ।

No description available.

यसरी वर्गीकरण गरेका संवेदनशील मतदानस्थलमा ६ जना म्यादी प्रहरी, ३ जना प्रहरी, अतिसंवेदनशील मतदानस्थलमा ८ जना म्यादी प्रहरी, ३ जना प्रहरी र सामान्य क्षेत्रमा ४ जना म्यादी प्रहरी र ३ जना प्रहरी खटाइने व्यवस्था गरिएको एसपी खनालले जानकारी दिए । उत्तरी गोरखा दुर्गम क्षेत्र चुमनुब्रीमा २० गतेदेखि म्यादी प्रहरी खटाइने र सो लगत्तै अन्य पालिकामा पनि खटाइने उनले जानकारी दिए ।                दराैंदीबाट साभार

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.