अन्तर्राष्ट्रिय शैक्षिक अवार्ड २०२१ बाट गोरखा इन्टरनेसनल पब्लिक स्कुल सम्मानित

चैत्र २९, दाङ ।

दाङको घोराहीस्थित गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराही दाङले अन्तर्राष्ट्रिय शैक्षिक अवार्ड २०२१ प्राप्त गरेको छ ।
जापान आर्ट माइलको आयोजनामा भएको शैक्षिक क्रियाकलाप सम्बन्धि कार्यक्रममा सहभागी भएर गोरखाले अन्तर्राष्ट्रिय शैक्षिक अवार्ड २०२१ प्राप्त गरेको हो । विश्वका २२ वटा देशका ९६ वटा विद्यालयलाई पछाडि पार्दै गोरखा माविले अवार्ड हात पारेको हो ।

जापानको शिक्षा मन्त्रालय अन्तर्गत जापान आर्ट माइलले सिकाइलाई चित्रकलाका माध्यमबाट अध्ययन अध्यापन गराउने र हरेक वर्ष अवार्ड प्रदान गर्ने गर्दछ । जापानको शिक्षा मन्त्रालयले देश विदेशका विद्यालयहरुमा पाठ्यक्रममा रहेका विषयमा चित्रकलाका माध्यमबाट अध्ययन अध्ययापनका क्रियाकलाप सञ्चालन गरी उत्कृष्ट विद्यालयहरुलाई अवार्ड प्रदान गर्दै आएको छ ।
जापान आर्ट माइलले सन् २००७ देखि औपचारिक रुपमा काम गर्दै आएको छ । नेपाललाई पनि सन् २०१८ देखि जापान आर्ट माइलले सहभागी गराउन थालेको हो । सन् २०१९ मा भक्तपुरस्थित माउन्टभ्यु इङ्लिस बोर्डिङ स्कुल नेपालका तर्फबाट पहिलो पटक सहभागी भएको थियो । गोरखा मावि नेपालको दोस्रो सहभागी विद्यालय र नेपालमा यो अवार्ड प्राप्त गर्ने पहिलो विद्यालयको सूचिमा पर्दछ ।

यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई प्रविधिका माध्यमबाट समूहमा काम गराइन्छ । पाठ्यक्रममा रहेका विषय वस्तुलाई चित्रकलाका माध्यमबाट अध्ययन गराइने गरिन्छ ।

सन् २०२१ को लागि गोरखा माविले दिएको आवेदनका कार्यक्रमका लागि छनौट भएको थियो । जापानस्थित सानो जुनियर हाइस्कुलसँग गोरखा माविले सहकार्य गरेको गरेको थियो । पाटर्नर स्कुल सानो जुनियर हाइस्कुलले स्पेसल अवार्ड प्राप्त गरेको हो भने गोरखा माविले अन्तर्राष्ट्रिय सहकार्य शैक्षिक अवार्ड २०२१ प्राप्त गरेको हो ।

सम्मान तथा पुरस्कार वितरण

गोरखा माविले एक कार्यक्रमको आयोजना गरी आज मंगलबार अन्तर्राष्ट्रिय सहकार्य शैक्षिक अवार्ड २०२१ मा सहभागी विद्यार्थी तथा शिक्षकहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष विष्णु घर्तीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष शक्तिराम डाँगीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो ।

No description available.

कार्यक्रमका प्रमुख अतिथि डाँगीले आजका विद्यार्थीहरुले नै राष्ट्रको अभिभारा पूरा गर्नुपर्नेमा जोड दिए । ‘विद्यार्थीले राष्ट्र निर्माणको अभिभारा पूरा गर्नुपर्ने आजको आवश्यकता हो । तपाईं साना बालबालिकाले यो अभिभाराको जिम्मेवारी वहन सुरु गरिसक्नुभएको छ ।’ उनले थपे, ‘तपाईंहरुले अन्तराष्ट्रिय शैक्षिक गतिविधिमा सहभागी भएर प्राप्त गरेको अवार्ड आफैमा गरिमामय छ । नेपालमै यो अवार्ड प्राप्त गर्ने तपाईंहरु पहिलो हुनुहन्छ, यसले तपाईंहरुमाथि थुप्रै जिम्मेवारी थपेको छ । आउँदा दिनमा यो सफलता र गरिमालाई निरन्तरता दिनुहोस् ।’

 

कार्यक्रमका अतिथि तथा घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका अधिकृत शेरबहादुर विष्टले विद्यार्थीले गरेको कार्य र अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गरेको कलाको उच्च प्रशंसा गर्दै आगामी प्रतियोगिताका लागि शुभकामना दिए । उनले विद्यार्थीलाई सम्बोधन गर्दै भने, ‘जापानको शिक्षा मन्त्रालय अन्तर्गतको कार्यक्रममा सहभागी भएर अर्वाड जितेर शिक्षा र कलाको क्षेत्रमा देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल हुनुभएको बधाई छ ।’ उनले थपे, ‘ देशको शीर उँचो राख्नुभयो, यस्तो सुकार्य निरन्तर गरिहनुहोस्, शुचेच्छा छ ।’

No description available.

जापान आर्ट माइलका बारेमा कार्यक्रम कोर्डिनेटर थमन बस्नेत जानकारी गराएका थिए । आर्ट शिक्षक सन्तोष नेपाली र विद्यार्थीहरु आयुष देवकोटा र क्रिसमस पाइजा मगरले अनुभव सुनाएका थिए ।

अवार्डमा गोरखा माविका कक्षा ५ देखि ८ सम्म अध्ययरत ४० जना विद्यार्थी सहभागी थिए ।
आर्ट शिक्षक सन्तोष नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जापान आर्ट माइलका कार्यक्रमका कोर्डिनेटर थमन बस्नेतले गरेका थिए ।

 

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.