राष्ट्रिय भूमि आयोग जिल्ला समिति गोरखाकाे अध्यक्ष कमला नहर्की, सदस्यमा लुमनाथ, बिपीन र मिना

राष्ट्रिय भूमि आयोग जिल्ला समिति गोरखाले पूर्णता पाएको छ । सरकारले तीन सदस्य नियुक्त गरेसंगै कमला नहर्की नेतृत्वको समितिले पूर्णता पाएको हो ।
सरकारले विज्ञ सदस्यमा लुमनाथ लामिछानेलाई र सदस्यहरुमा विपिनचन्द्र ढकाल र मीना पनेरुलाई नियुक्त गरेको छ ।

यसअघि नै पदेन सदस्यका रुपमा जिल्ला प्रशासन कार्यालयका अधिकृत, मालपोत कार्यालयका प्रमुख, नापी कार्यालय प्रमुख र वन कार्यालयका अधिकृत प्रतिनिधि चयन भइसकेका थिए ।

समितिले बारपाक सुलीकोट र सहिद लखन गाउँपालिकासित काम अघि बढाउने बिषयमा सम्झौता गरिसकेको छ । ती गाउँपालिकामा नाम छुट भएमा पुन आवेदन गर्न ३५ दिने सूचना पनि जारी गरिसकेको छ । अन्य पालिकाहरुसित पनि सम्झौताका लागि आव्हान गर्ने निर्णय गरेको अध्यक्ष नहर्कीले जानकारी दिइन् ।

यसअघि भएका कामहरुको अध्ययन अनुगमन गर्ने काम भइरहेको उनले बताइन् । आयोगले सम्बन्धित पालिका तथा वडासित समन्वय गरी भूमिहिन दलित, भूमिहिन सुकुम्बारी र अव्यवस्थित बसोबासी पहिचान गरी जग्गा उपलब्ध गराउने तथा व्यवस्थित बनाउने काम गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker