सिटमोलको वजन बढाएर मूल्यवृद्धि

१२ चैत, काठमाडौं । सरकारले सिटमोलको वजन बढाएर मूल्यवृद्धि गरेको छ । बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले झण्डै ५० वर्षदेखि ५०० एमजीमा उत्पादन हुँदै आएको सिटामोललाई ६५० एमजीमा उत्पादनका लागि औषधि व्यवस्था विभागलाई अनुमति दिएको हो ।

औषधि उत्पादकहरुले हाल प्रतिट्याब्लेट १ रुपैयाँ पर्ने सिटामोलको मूल्य बढाउन सरकारलाई दबाब दिँदै आएका थिए । तर, सरकारले ५०० एमजीमा मूल्य नबढाउने भएपछि त्यसको साटो वजन बढाएर सोही अनुपातमा मूल्य बढाउने चलखेल भएको औषधि व्यवस्था विभागकै कर्मचारीहरु बताउँछन् ।

Source: onlinekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker