
गाेरखा, चैत्र ३
गाेरखाकाे बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ सौरपानीबाट बुधबार राती १ बजेकाे समयमा जुवाखालबाट तीनलाख ९० हजार आठसय ४० रुपैयाँ सहित प्रहरीले १९ जना जुवाडेलाई पक्राउ गरेको छ ।
रातकाे समयमा स्थानीय सीता अाले मगरकाे घरमा लुकिछिपी काैडा खेलिरहेकाे सूचनाका अाधारमा इलाका प्रहरी कार्यालय जौवारीको टोलीले उनीहरुलाई पक्राउ जिल्ला प्रहरी कार्यालय गाेरखाका सूचना सम्प्रेषण अधिकृत प्रहरी निरीक्षक धर्म बहादुर अधिकारीले जानकारी दिनुभयाे ।
पक्राउ पर्नेहरुमा भिमसेन थापा गा.पा.५ का ६० वर्षीय बुद्धि प्रसाद पोखरेल, बारपाक सुलिकोट गा.पा. ४ का ४९ वर्षीय बिर बहादुर गुरुङ, सोहि वडाका ३८ वर्षीय लाल बहादुर गुरुङ, भिमसेन थापा गा.पा. ५ का ६८ वर्षीय राम प्रसाद पौडेल, सोहि वडाका ४५ वर्षीय होम बहादुर सार्की, ३६ वर्षीय कमल ब. सुर्खेती, २९ वर्षीय रन्जन पोखरेल रहेका छन् ।
सिरानचोक गा.पा. ९ का २५ वर्षीय मंगल बि.क., बारपाक सुलिकोट. ३ का ५७ वर्षीय धन ब. तामाङ, भिमसेन थापा गा.पा. ५ का २९ वर्षीय सन्तमान गुरुङ, सोहि वडाका ६२ वर्षीय कृष्ण श्रेष्ठ, अजिरकोट गा.पा. ४ का ७० वर्षीय रत्नमान गुरुङ, धार्चे गा.पा. ४ का ७० वर्षीय तिजमान गुरुङ, बारपाक सुलिकोट २ का ७५ वर्षीय फेन बहादुर घलेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, भिमसेन थापा ७ का ४२ वर्षीय राम बहादुर बराम, अजिरकोट गा.पा. ३ का ३२ वर्षीय बिष्णु अधिकारी, बारपाक सुलिकोट ३ का १९ वर्षीय बिशाल आले, भिमसेन थापा ५ का २१ वर्षीय प्रेम कुमार श्रेष्ठ र अजिरकोट गा.पा. ९ बस्ने बर्ष ६३ को शुक ब. घलेलाई पक्राउ गरिएको प्रहरी निरिक्षक अधिकारीले जनाएकारी दिए ।
उनीहरुको साथबाट १६ थान कौडा र नगद तीन लाख ९० हजार आठ सय ४० रुपैया बरामद गरिएको अधिकारीले बताए ।
बिहिवार बिदा परेकाले मुद्धा दर्ता गर्न बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।