प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री बाट जिल्ला प्रहरी कार्यालय गोरखाको नवनिर्मित भवनहरुको समुद्धघाटन

माघ १६, गाेरखा ।
मिति २०७८।१०।१६ गते ११ बजे नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री ज्यूको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रम बिच जिल्ला प्रहरी कार्यालय गोरखाको प्राङ्गणमा नवनिर्मित विभिन्न भवनहरुको समुद्धघाटन समारोह सम्पन्न भएको छ । उक्त कार्यक्रममा गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्त, जिल्ला समन्वय समिति गोरखाको उपप्रमुख जानुका अधिकारी, गण्डकी प्रदेश प्रमुख दिवेश लोहनी, माननिय जिल्ला न्यायाधिस दीनबन्धु बराल, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य बिशेष अतिथीको रुपमा रहनु भएको थियो, साथै जिल्ला न्यायाधिवक्ता खिमानन्द गौतम, प्रमुख कोष नियन्त्रक, गोरखा जिल्ला स्थित अन्य सुरक्षा निकायका प्रमुख ज्यूहरु तथा गोरखा जिल्ला स्थित विभिन्न संघ संस्थाहरु प्रमुख, प्रतिनिधीहरु गरी २५ जना अतिथी महानुभावनहरुको सहभागितामा रहेको उक्त कार्यक्रममा गोरखा जिल्ला भित्रका विभिन्न दर्जाका प्रहरी कर्मचारीहरुको समेत उपस्थितीमा कोभिड महामारीको जोखिमलाई मध्यनजर गरी सुरक्षा सजकता अपनाई कार्यक्रम सञ्चालन भएको छ ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका कार्यालय प्रमुख उपरीक्षक शेखर खनालबाट कार्यक्रममा सहभागी हुन आउनु भएका प्रमुख अतिथी र अतिथीहरुलाई स्वागत गर्दै मन्तव्य व्यक्त गर्नु भएको थियो, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका ईन्जिनियर प्रहरी नायव उपरीक्षक केविन जंग थापाले भवन निर्माण सम्बन्धी प्राविधिक प्रतिवेदन पेश गर्नु भएको थियो, जस अनुसार नेपाल सरकार प्रहरी प्रधान कार्यालय आवास तथा भौतिक परियोजना महाशाखाबाट सार्वजनिक खरीद ऐन र नियमावली बमोजिम प्रक्रिया अपनाई खुल्ला बोलपत्रको प्रक्रिया मार्फत रु. ८ करोड १ लाख ३७ हजार १ सय ९५ रुपैया ३ पैसामा रोयल कन्स्ट्रक्सन धनगढीलाई भवन निर्माणखो ठेक्का परी, उक्त कन्स्ट्रक्सन र जिल्ला प्रहरी कार्यालय गोरखा बिच मिति २०७६ पौष ४ गते निर्माण सम्झौता भई जिल्ला प्रहरी कार्यालय गोरखाको आफ्नै साढे बाह्र रोपनी जग्गामा कार्यालय भवन, हिरासत, कार्यालय प्रमुख निवास, प्रहरी कर्मचारीहरुको लागि व्यारेक भवन र मेस भवन निर्माण भएको साथै कार्यालयमा सिनियर अधिकृत आवास निर्माण गर्नको लागि भूमिस्थान निर्माण सेवा प्रा.लि. चापागाउँ ललितपुरसंग ठेक्का सम्झौता भई रु. १ करोड २४ लाख ५६ हजार २ सय ६७ रुपैया ९१ पैसामा मिति २०७७ आषाढ २ गते निर्माण सम्झौता भई निर्माण कार्य सम्पन्न भएको जानकारी गराउनु भयो । कार्यालय परिसरमा RCC फ्रेम,स्टक्चर अवधारणामा ३ तले कार्यालय भवन, महिला पुरुष र बिशेष प्रकृतिका थुनुवा कक्ष सहितको ४० जना क्षमता रहेको २ तले हिरासत भवन,१ तले कार्यालय प्रमुख निवास,१०८ जना प्रहरी कर्मचारीहरु क्षमता भएको ३ तले ब्यारेक भवन, ३ तले सिनियर प्रहरी अधिकृत आवास र २ तले मेस भवनको निर्माण सम्पन्न भएको छ । नवनिर्मित भवनमा मिटिङ्ग हल, प्रहरी कन्ट्रोल रुम र सञ्चार ब्यारेकको व्यवस्थापन गरिएको, हिरासत भवनको भुईतल्लामा छुट्टा-छुट्टै महिला तथा पुरुष हिरासत सहित सुविधा सम्पन्न ४ वटा हिरासत कक्षको निर्माण भएको छ । साथै सेवाग्राहीहरुको लागि नागरिक मैत्री तथा मानवअधिकार मैत्री हिसाबले विभिन्न शाखाहरु समेत स्थापना गरिएको र प्रहरी कर्मचारीहरुको लागि सुविधा सम्पन्न हुने किसिमका ब्यारेक मेस लगायत संरचनाहरु निर्माण भएको छ । नवनिर्मित भवनहरुको सम्पुर्ण कोठाहरुमा पर्याप्त प्रकाशको व्यवस्था सहित रिटेनिङ वाल, अन्डर ग्राउण्ड खानेपानी ट्याङ्की र शौचालयहरुको निर्माण भएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरहरी सापकोटाले शुभकामना मन्तव्य दिंदै नयाँ निर्माण भएका सुन्दर भवनहरुबाट सुन्दर तरिकाले सेवा प्रदान गर्नपर्ने, उत्तरी भू-भागमा रहेका चौकीहरुको निर्माणमा ध्यान दिनुपर्ने, दरबन्दी अनुसारको जनशक्ति परिचालन एवं व्यवस्थापन गर्नुपर्ने, नागरिक केन्द्रीत गतिविधीहरुमा प्रहरी केन्द्रीत हुनुपर्ने बताउँदै शुभकामना मन्तव्य राख्नु भएको, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य ज्यूले शुभकामना मन्तव्य दिंदै कार्यालयको व्यवस्थापनबाट सेवा प्रवाहमा असर पर्ने हुँदा प्रहरी कार्यालयहरु र कर्मचारीहरुको उचित व्यवस्थापन हुन जरुरी रहेको र प्रहरीले पालमा बसेर सेवा प्रदान गर्नुपर्ने बाध्यताको अन्तय हुन जरुरी रहेको बताउनु भयो । गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पन्तले शुभकामना मन्तव्य व्यक्त गर्दै विगत देखि नै गोरखा नगरपालिकाले जिल्ला प्रहरी कार्यालयसंग निरन्तर समन्वय गर्दै आई रहेको, सामुदायिक सेवा केन्द्रसंग मिलेर प्रहरीलाई सि.सि.टि.भी.प्रदान गर्न सहयोग गरेको र गोरखा प्रहरीसंग सहकार्य गर्दै कोरोना नियन्त्रण लगायत विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आई रहेको बताउनु भयो ।
उक्त कार्यक्रममा भवन निर्माणको काम सफलता पूर्वक सम्पन्न गर्ने रोयल कन्स्ट्रक्सन धनगढी-२ कैलालीका प्रोपाईटर प्रकाश बहादुर सेठी, भवन निर्माणको दौरानमा प्रहरी कर्मचारीहरुलाई आवासको व्यवस्था मिलाई सहयोग गर्ने जिल्ला समन्वय समिति तथा जिल्ला प्रहरी कार्यालय परिसर भित्र पर्खाल लगायतका संरचनाहरु तयार गर्न सहयोग गर्ने गोरखा नगरपालिकालाई प्रमुख अतिथी ज्यूबाट कदर पत्र प्रदान गरिएको । जस अनुसार जिल्ला समन्वय समितिको तर्फ उपप्रमुख जानुका अधिकारीले कदर पत्र ग्रहण गर्नु भएको र गोरखा नगरपालिकाको तर्फबाट नगर प्रमुख राजनराज पन्तले प्रमुख अतिथी ज्यूबाट कदर पत्र ग्रहण गर्नु भएको थियो । साथै उक्त कार्यक्रममा नेपाल प्रहरीमा २०१२ सालमा प्रहरी जवानमा सेवा प्रवेश गरी ३३ वर्षको सेवा पश्चात हाल अवकास जीवन बिताई रहनु भएका ८६ बर्षीय पूर्व प्र.ना.नि. नारायण भक्त अर्याललाई प्रमुख अतिथी ज्यूले दोसल्ला ओढ्याई सम्मान पत्र समेत प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा नवनिर्मित भवनहरुको औपचारिक उद्धघाटन तथा अवलोकन गर्दै प्रमुख अतिथी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री ज्यूले मन्तव्य व्यक्त गर्नु भएको थियो । मन्तव्यको क्रममा भवन निर्माणको क्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यक्ति तथा निकायहरु प्रति हार्दिक कृतज्ञता प्रदान गर्दै नवनिर्मित भवनहरुको प्रयोग गरी प्रहरी कर्मचारीबाट गुणस्तरीय प्रहरी सेवा सञ्चालन गर्न सहज हुने अपेक्षा व्यक्त गर्नु भयो । प्रतिकुलताको बिचमा अनुकुलता ल्याउने मुख्य दायित्व प्रहरीको भएकाले आम नागरिकलाई पारदर्शी र प्रभावकारी प्रहरी सेवा प्रदान गर्नउपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको । आगामी दिनमा प्रविधी मैत्री एवं सुविधा सम्पन्न भवनहरु बनाउँदै लैजाने प्रहरी संगठनको केन्द्रीय नीतिलाई पूर्ण कार्यान्वयन गर्दै लैजाने र तल्लो तहका प्रहरी कर्मचारीहरुको वृत्ति विकास र सुविधालाई बिशेष ख्याल गरेर लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । ऐतिहासिक जिल्ला गोरखामा कार्यरत रहेका प्रहरी कर्मचारीहरुबाट गुणस्तरीय प्रहरी सेवा दिंदै प्रहरी पेशालाई मर्यादित र स्वाभिमानको पेशाको रुपमा अंगिकार गर्नुपर्ने र नागरिकहरुबाट पनि प्रहरी कार्यमा सहयोग र समन्वय गर्न आवश्यक भएको बताउनु भयो । साथै उद्धघाटन भएका नवनिर्मित भवनहरुबाट सेवाग्राहीहरुलाई प्रभावकारी सेवा पुर्या उन सघाउ पुग्ने अपेक्षा साथ भवन निर्माणको क्रममा सहयोग गर्ने सबैमा आभार व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममाजिल्ला प्रहरी कार्यालय गोरखा र गोरखा नगरपालिकाको तर्फबाट गोरखा नगरपालिका प्रमुख राजनराज पन्तले प्रमुख अतिथी ज्यूलाई कृतज्ञताको चिनो समेत प्रदान गर्नु भएको थियो । कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनी ज्यूले भवन निर्माण कार्यक्रममा संलग्न निर्माण कम्पनी, सहयोग गर्ने व्यक्ति तथा निकायहरु लगायत समुद्धघाटन कार्यक्रम भव्यताका साथ सम्पन्न गर्ने सबैमा धन्यवाद दिंदै मन्तव्य व्यक्त गर्नु भएको थियो । साथै गुणस्तरीय प्रहरी सेवा प्रदान गर्नका लागि प्रहरीको भौतिक संरचना विस्तार गर्दै लैजानु पर्ने आवश्यकता रहेको बताउनु भयो । कार्यक्रमलाई जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्म बहादुर अधिकारीले सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रम समापन पश्चात प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री ज्यूबाट जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतमा रहेका विभिन्न दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिंदै प्रहरी पेशालाई मर्यादित बनाउँदै आफ्नो व्यवसायिक वृत्ति विकासलाई समेत बिशेष ख्याल गरी नागरिकहरुलाई प्रहरी कर्मचारीहरुले मुस्कान सहितको छिटो छरितो र गुणस्तरीय प्रहरी सेवा प्रदान गर्न प्रतिबद्ध हुनुपर्ने बताउनु भयो .
Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.