नेकपा एमाले संसदीय दल गण्डकी प्रदेश सभाले मुख्यमन्त्री लाई बुझाएको ध्यानाकर्षण पत्र जस्ताकाे तस्तै

कृष्णचन्द्र नेपालीज्यूलाई बुझाएको ध्यानाकर्षण पत्र
मितिः २०७८/१०/१०
माननीय मुख्यमन्त्रीज्यू
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
पोखरा
विषय पुनः ध्यानाकर्षण गरिएको ।
मुख्यमन्त्रीज्यू
१) यहाँको नेतृत्वमा गण्डकी प्रदेशमा सरकार सञ्चालन भएको ९ महिना पूरा हुँदैछ । लोकतन्त्रमा सरकार जिम्मेवार र जवाफदेही हुन्छ । सरकार अविछिन्न उत्तराधिकार पनि हुन्छ । तर यहाँको नेतृत्वको सरकारले सो दायित्व पूरा गरेको छ त ? सरकारलाई नेकपा एमाले संसदीय दल गण्डकी प्रदेशको तर्फबाट २०७८ साउन ३१ गते पत्र लेखी ध्यानाकर्षण समेत गराइएको र त्यस पत्रमा उल्लेखित बुँदाहरु पुन एकपटक स्मरण गराउन चाहन्छौं ।
२) गण्डकी प्रदेश सरकारले निर्माण गरेको प्रथम पञ्चर्षीय योजना सबैको साझा योजना हो । यही योजनामा टेकेर नै हामी दिगो विकास लक्ष्य पनि हासिल गर्न सक्छौं । तर वर्तमान सरकारले विगतमा निर्धारण गरिएका योजना र विकासका लक्ष्यहरुलाई कटौती गरेर नयाँ अझै गैरबजेटका योजनाहरुमा रकमान्तरण गरिरहेको छ । गण्डकी सरकारको यस्तो रबैयाले यस प्रदेशका जनताको विकासको अपेक्षामा ठूलो कुठाराघात भएको छ । राजनीतिक पूर्वाग्रहका साथ विकास योजनाहहरुलाई हेर्नु र विकासका कामलाई ढिला गर्नु लोकतान्त्रिक चरित्र होइन । यसले विकासमा समन्यायिकता प्रदान गर्दैन ।
३) गत आव हरुमा नै ठेक्का प्रक्रियामा गएका गौरवका आयोजनाहरु र बहुवर्षे योजनाहरुका काम प्राथमिकताका साथ सम्पन्न गर्नुपर्नेमा वर्तमान सरकार सबै योजनाहरुप्रति उदासीन बन्ने र साना र खुद्रे योजनाहरु धेरै बनाउने काममा संलग्न छ । सरकारको यो प्रवृति समृद्ध गण्डकी प्रदेश सुखी प्रदेशवासीको लक्ष्य विपरीत छ ।
४) गण्डकी गौरवका आयोजना र निर्धारण गरिएका बहुवर्षीय योजनाहरु सम्पन्न नगरी कसरी नयाँ योजनाहरु अघि बढाउन सकिन्छ ? सम्पन्न भइसकेका र हुँदै गरेका योजनाहरुमा बजेट व्यवस्थापन नगरी, कामलाई प्राथमिकतामा नराखी नयाँ योजनामा प्रवेश गर्नु बजेटको दुरुपयोग हो, लागत बढ्ने काम हो समय र बजेटको बर्बादी हो । यस्ता कमजोरी सरकारले सच्याउनु पर्दछ । सबै बहुवर्षीय योजनाहरु समय मै सम्पन्न गरिनुपर्दछ र सम्पन्न योजनाहरुको दोस्रो खण्डको काम प्रारम्भ गरिनु पर्दछ ।
५) यस आव मा गण्डकी प्रदेशका सबै घर धुरीमा आधारभूत खानेपानी पु¥याउनुपर्ने वर्ष हो । पहिचान गरिएका १२७ वटा खानेपानी आयोजना सम्पन्न गर्ने तर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं । एक घर ए धारा कर्यक्रमका लागि विगतको नेकपा एमाले नेतृत्व सरकारले निर्धारण गरेका योजनाहरुको बजेट कटौती गरिएको र नयाँ बजेट व्यवस्था नगरिएकोमा ध्यानाकर्षण गराउँदछौं । विगतमा टेन्डर भएका योजनाहरुका लागि थप बजेटको व्यवस्थापन नगरेर सरकारले गलत कार्य गरेको छ । ५ वर्ष भित्र सबै घर धुरीमा एक घर एक धारा पु¥याउने प्रदेश सरकारको लक्ष्यबाट यो सरकार भाग्दै छ । सरकार आफ्नै प्रतिबद्धता पूरा नगरेर जनताको स्वच्छ पानी पिउन पाउने अधिकारलाई कुण्ठित गर्दैछ । यस्ता गलत काम सरकारले तत्काल सच्याउनु पर्दछ ।
६) यस वर्ष गण्डकी प्रदेशमा बाढी पहिरोले जनताको सम्पतिमा क्षति पु¥याएको छ । हिउँद लागि सक्दा पनि ती क्षतिग्रस्त क्षेत्रको पुनर्निर्माण गरिएको छैन । बागलुङको क्षेत्र, लमजुङको दोर्दी करिडोर, मस्र्याङ्दी करिडोर मनाङको मस्र्याङ्दी कोरिडोर र गोर्खाको चुननुब्रीमा पुनर्निर्माणका काम तत्काल प्रारम्भ गरियोस् ।
७) गत असोजको अन्तिम र कात्तिकको सुरुमा परेको बेमौसमी पानीका कारण धान खेती नष्ट भएर किसानहरु मार परे । सो विपत्तिमा परेकाहरुले अझै राहत पाउन सकेका छैनन् । सरकार आफ्नै घोषणा पनि पूरा गरिरहेको छैन । उनीहरुलाई अबिलम्ब राहत प्रदान गरियोस् ।
८) कोभिडको तेस्रो लहर सुरु भएको र जनजीवन अस्तव्यस्त बनेको छ । विगतमा एक घर एक पिसिआर नारा लगाउने गठबन्धन आफैले सरकार सञ्चालन गरेका बेला अहिले परीक्षण र उपचारको दायरा बढाउनु पर्दैन ? कोभिडका बिरामीलाई प्रदान गरिने राहत क कसले के कति प्राप्त गरे तत्काल सार्वजनिक गरियोस् । कोभिडको महामारी र जोखिमका बेला अग्रपंक्तिमा रहेर काम गरिरहेका राष्ट्रसेवकहरुले पाउने जोखिम भत्ता उपलव्ध गराइयोस् । साथै ओषधिको उपलब्धता सुनिश्चित गरियोस् ।
९) निर्वाचन क्षेत्र विकास कार्यक्रमका योजनाहरु अझै कार्यान्वयन नहुने कारण के हुन् तत्काल कार्यान्वयन गरियोस् ।
१०) नेकपा एमाले संसदीय दलसँग २०७८ असोज ३ मा भएका सम्झौताको कार्यान्वयन गरियोस् । बजेट पुस्तिकाका अनुसूचीमा राखिएका योजनाहरुलाई बजेटको व्यवस्थापन गरियोस् ।
११) सरकारले सात महिना सम्मपनि बिकास खर्च गर्न सकेको देखिँदैन । सरकारको चालु खर्चको बढोत्तरीले विकास खर्च धान्न मुस्किल देखिन्छ । खर्चमा मितव्ययिता र सुशासन कायम गर्न सरकार चुकेको छ । सरकारी कार्यालयहरुमा गैरकानुनी रुपमा सेटिङ गरिएको खुलासा भइरहँदापनि सरकार मूकदर्शक बन्नुले सरकार आफ्नै संलग्नताका आशंकाहरु उब्जिएका छन् । गण्डकी यतायात कार्यालयमा भएको अनियमितता छानबिन गरियोस् ।
१२) सुशासन, कर्मचारी व्यवस्थापन, गण्डकी विश्वविद्यालय, गण्डकी टेक्निकल इन्स्टिच्युट, ताल प्राधिकरण, विकास प्राधिकरण, जिल्ला अस्पतालको सुदृढीकरणमा बजेट कटौती भएको छ, काम गर्ने वातावरण छैन । यसमा सरकारको ध्यान पुगोस्
१३) तत्कालीन मुख्यमन्त्री कार्यालयद्वारा भएका सुशासनका काममा चरम उदासीनता देखिएको छ । गण्डकी टेक्निकल इन्स्च्यिुटका लागि कोइकाबाट यसलाई समावेश गरिनुपर्नेमा त्यो अवसर सरकारकै कमजोरीका कारण गुमेको छ ।
१४) मुख्यमन्त्री जलवायु मैत्री नमुना गाउँ र होमस्टे जस्ता गण्डकीका मौलिक कार्यक्रम कार्यान्वयनमा सरकारको पटक्कै ध्यान नपुगेको देखिन्छ ।
१५) एक निर्वाचन क्षेत्र एक सडक, प्रत्येक पालिका केन्द्रमा सडक सञ्जाल पु¥याउने अभियानमा सरकार बिचलित भएको छ ।
१६) गण्डकी प्रहरी तालिम केन्द्रका लागि अमेरिकाबाट प्राप्त हुन सक्ने सहयोग लिने काममा ध्यान गएको छैन ।
१७) बेरुजु रकम असुली गर्ने काममा ध्यान गएको छैन ।
१८)भ्रष्टाचार नियन्त्रण गर्ने काममा सरकारले ध्यान नदिँदा भ्रष्टाचार संस्थागत रुपमा बढ्दै गएको छ ।
१९) संघीयताको मर्म मुताबिक काम गर्ने कुरामा प्रदेश सरकार असफल भएको छ । स्थानीय तहसँगको सम्बन्ध र समन्वयमा सरकारले ध्यान दिन सकेको छैन ।
माननीय मुख्यमन्त्रीज्यू,
२०) विगतमा संसदको रोस्टममा उभिएर यहाँले गरेका तर्कहरु स्मरण गर्नु भएकै होला । तपार्इंका प्रतिबद्धताहरु केवल सत्ता हत्याउन मात्रै थिए वा जम्मेवार बन्न पनि थिए भन्ने प्रश्न तपाईं सामु खडा छ । तपार्इंका प्रश्नहरुको जवाफ तपाईंका वर्तमानका कर्मले दिएको प्रष्ट नै छ तर पनि लोकतन्त्रले प्रतेकलाई उब्जिएका प्रश्नहरुको जवाफ दिन र जवाफदेही हुन सिकाउँछ । के तपाइ हिजोका प्रतिबद्धता प्रति इमान्दार र जवाफदेही हुनुहुन्छ ? के तपाइले नेकपा एमाले संसदीय दलसँग गरेका सम्झौता र वाचा पूरा गर्नुभयो ? यिनै सवालहरुमा यहाँलाई पुन ध्यानाकर्षण गराएका छौं ।
मायानाथ अधिकारी
प्रमुख सचेतक
नेकपा एमाले संसदीय दल, गण्डकी प्रदेश सभा
Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.