Trending

 नेकपा माओवादी केन्द्र अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विराेध

काठमाण्डाै । नेकपा माओवादी केन्द्र अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विराेध निर्वाचित भएका छन् ।  नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  आफ्नो काँधमा निकै ठुलो भारी आएको महसुस भइरहेको बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय कमिटी सदस्यहरुलाई धन्यवाद दिएका थिए ।

पार्टीको आठौं महाधिवेशनबाट नव निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले प्रचण्डलाई आगामी ५ वर्षको लागि पार्टी अध्यक्षमा पुनः चयन गरेको हो । केन्द्रीय समितिको बैठकमा  नेता नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रचण्डको नाम प्रस्ताव गरेका थिए भने कृष्णवहादुर महराले समर्थन जनाएका थिए । २३६ सदस्यीय केन्द्रीय कमिटीले सर्वसम्मत रुपमा प्रचण्डलाई पार्टी अध्यक्ष चयन गरेको हो । अध्यक्षसहित सबै १५ पदाधिकारी चयन गर्न बसेको बैठक अन्य पदाधिकारी भने चयन नगरी स्थगित भएको छ ।

 

Back to top button