बिमलनगरमा रक क्लाइम्बिङ महाेत्सव सम्पन्न

तनहुँ, ११ पुस ।

बन्दीपुर गाउँपालिका वडा नं. ४ स्थित बिमलनरमा पहिलाेपटक रक क्लाइम्बिङ सम्पन्न भएकाे छ ।

स्वदेशी र विदेशी पर्यटकमाझ परिचत तनहुँको एउटै गन्तव्य हो बन्दीपुर । समग्र बन्दीपुर पर्यटकका लागि प्याकेज भए पनि यहाँ ग्रामीण पर्यटनदेखि साहसिक पर्यटनका छुट्टाछुट्टै गन्तव्य छन् ।

बन्दीपुर गाउँपालिका–४ विमलनगरमा छ, साहसिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य चुनपहरा । जहाँ बर्सेनि हजारौँ स्वदेशी र विदेशी पर्यटक रक क्लाइम्बिङ गर्न आइपुग्छन् । पृथ्वी राजमार्गसँगै जोडिएकाले सबै दृष्टिले उपयुक्त मान्छन् साहसिक पर्यटकले विमलनगरको चुनपहरालाई । हिमाल आरोहण गर्नु पूर्व अभ्यास गर्न होस् या सुरक्षाकर्मीको तालिमका लागि रोजाइमा पर्छ चुनपहरा ।

विमलनगरको चुनपहरामा २०६३ सालमा रक क्लाइम्बिङको रुट तयार भएको थियो । त्यसपछि साहसिक पर्यटकमाझ चिनिएको चुनपहरा रुट तयारको भएको १५ वर्षमै अस्तित्व मेटिन्छ कि भन्ने चिन्ता थपिएको छ । मुग्लिन पोखरा चार लेन सडक आयोजनाले चिन्ता थपिदिएको हो । सडक फराकिलो पार्ने क्रममा चुनपहरा भत्कने सक्ने आंशकाले स्थानीय सरकार, पर्यटन व्यवसायी र साहसिक पर्यटनसँग सम्बद्ध संघसंस्था झस्किएका छन् । यी सबैको एकमत छ– कुनै हालतमा चुनपहरा भत्काउनु हुँदैन, सडकका लागि अन्य विकल्प सोच्नुपर्दछ । रक क्लाइम्बिङमा विमलनगरको चुनपहरा जस्तो उत्कृष्ट गन्तव्य अन्त कतै नभएको उनीहरूको दाबी छ ।

सडक फराकिलो बनाउँदा पहरालाई कटान गर्न नहुने विमलनगर सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठ बताउँछन् । ‘चुनपहरा कटान नगरी सडक विस्तार गर्नलाई वैकल्पिक उपाय सोच्नुपर्दछ । हामीले कुनै पनि हालतमा भत्काउन दिँदैनौँ । पहरा संरक्षण गर्न रगतको खोला बगाउन परेछ भने पनि हामी तयार छौँ’, उनले भने । पर्यटनका लागि चुनपहरा राज्यकै गहना भएकाले सबै मिलेर जोगाउनुपर्ने उनको भनाइ छ । देश विदेशबाट चुनपहरा जोगाउनलाई आवाज उठिरहेको उनी बताउँछन् ।

विमलनगरको चुनपहरा नेपालको पर्यटनको लागि कोशेढुंगा सावित हुने बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा बताउँछन् । ‘पृथ्वी राजमार्गको विस्तारको क्रममा भत्कने कुराले सबैलाई झस्काएको छ । नभत्काउनलाई हामीले सरकोकारवालासँग माग गरेका छौँ’, अध्यक्ष थापाले भने ।

सडक विस्तार रोक्न नहुने तर चुनपहरा जोगाउनलाई विकल्प सोच्नुपर्ने उनी बताउँछन् । ‘पहरामा पूर्वाधार थप्दै स्थानीय युवालाई रोजगारसँग जोड्न सकिन्छ । भियाफेरता लगायतका पूर्वाधार थप्नलाई गाउँपालिकाले अध्ययन गर्दै छ’, उनले भने ।

चुनपहरा जोगाउँ भन्ने नाराका साथ शुक्रबारदेखि रक क्लाइम्बिङ महोत्सव नै गरिएको छ । सोमबारसम्म चल्ने महोत्वस पहरामै गरिएको नेपालमै पहिलो पटक हो । महोत्सवको उद्देश्य चुनपहरा भत्काउन हुँदैन भनेर सरोकारवालालाई दबाब दिने रहेको छ । महोत्सवको आयोजना नेपाल पर्यटन बोर्डसँगै बन्दीपुर गाउँपालिका र गण्डकी अल्पाइन क्लबले गरेका हुन् ।

नेपालमा २७ वटा क्लाइम्बिङ रुट भएको एक मात्र विमलनगरको चुनपहरा भएकाले संरक्षण गर्नुपर्ने गण्डकी अल्पाइन क्लबका अध्यक्ष नरेन्द्र शाही ठकुरी बताउँछन् ।

‘सडक सञ्जाल र खर्चको हिसाबले पर्यटकलाई चुनपहरा उपयुक्त छ । अन्तको पहरा यस्तो छैन् । तसर्थ रक क्लाइम्बिङका लागि यो नेपालकै उत्कृष्ट गन्तव्य हो’, उनले भने । चुनपहराको प्रर्बद्धन गर्न बन्दीपुरका अन्य गन्तव्यसँग जोड्न उनको सुझाव छ ।

केही दिन अगाडि मात्र विमलनगर चुनपहरा प्राकृतिक चट्टान आरोहण संरक्षण समितिले भौतिक तथा पूर्वाधार मन्त्रालयलाई ज्ञापनपत्र समेत बुझाएको थियो । समितिले सडक विस्तारको बेला चुन पहरालाई जोगाउन तीन विकल्पसमेत पेस गरेको छ । विकल्पमा हाल कायम गरिएको मापदण्ड घटाउने, पहरा क्षेत्रको मापदण्ड घटाएर नदीतर्फ बढाउने र विमलनगरको पुलबाट पारी हुँदै लगभग एक दशमलव ५ किलोमिटर वैकल्पिक ट्रयाक खोलेर नयाँ पुल हुँदै निस्कने सडक बनाउन सुझाव दिइएको छ ।

सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडकखण्ड चार लेनको बन्दै छ । ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाईएको छ । आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१ दशमलव ४५ किलोमिट सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।

जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको हो । आँबुखैरेनी–जामुने पूर्वी खण्डको काम सुरु भएको छ । सडक फराकिलो पार्ने र रुख कटानको काम सुरु भइसकेको छ । विमलनगरको चुनपहरालाई कसरी जोगाउन सकिन्छ भनेर अध्ययन भइरहेको मुग्लिन पोखरा चारलेन सडक आयोजनाले जनाएको छ ।  आयोजना सुरुवातकै चरणमा भएकाले भइरहेको संरचनालाई असर नपु¥याइकन काम गर्ने आयोजनाले बताएको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.