प्रवासबाट स्वर्गीय केसीको परिवारलाई आर्थिक सहयोग 

थम्मन थापा/
बागलुङ मंसिर २८
पछिल्लो समय गलकोटबाट विदेशमा रहेका युवाहरुको संख्या उल्लेख्य छ । रोजगारीको सिलसिलामा जापान, अमेरिका, युरोप, अष्ट्रेलिया सँगै अन्य खाडी मुलुकमा उनीहरुले परिश्रम गरेर आर्थिक सम्वृद्विमा जोडिएका छन ।
उनीहरुले आफनो जन्मथलोमा दुखमा सुखमा आर्थिक सहयोग गर्दै आईरहेका छन ।
गाउँमा हुने विभिन्न कार्यक्रम, मेला, महोत्सव देखि मर्दा पर्दा विदेशबाट आफनो कमाईको केहि हिस्सा सामाजिक क्षेत्रमा सहयोग गरेर उदाहरणिय कार्य गर्दै आएका छन ।
जापानमा कर्मथलो बनाएका गलकोट नगरपालिका ७ मल्म सिरबारेका युवा समाजसेवी प्रकाश केसीले आगाँखेतकी वसुन्धरा केसी विरामी परेको खबर पाए । जापानमा रहेका उनले आर्थिक अवस्था कमजोर भएको केसी परिवारलाई उपचारमा सहयोग होस भन्दै सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर मार्फत आर्थिक सहयोग संकलन अभियान गरे ।
जापानमा रहेका मल्मबासी सँगै गलकोटे नागरिकले आफुसक्दो आर्थिक सहयोग गरे । बसुन्धरा केसीको लिभर र किडनी र टाउकोमा जटिल समस्या भएपछि उनका छोरा लछु केसीले उपचारको लागि आमालाई मंसिर ११ गते पोखरा स्थित फेवा सिटी हस्पिटल पुर्याएका थिए ।
हस्पिटलले आमाको स्वास्थ्य अवस्था जटिल रहेको र थप उपचारको लागि भन्दै मणिपाल अस्पताल रिफर गरेको थियो । उनको गत मंसिर १४ गते उपचारको क्रममा निधन भयो । विरामी केसीको जीवन रक्षा गर्न सकिन्छ कि भन्ने उद्येश्यले जापानमा आर्थिक संकलन जारी नै थियो ।
विदेशमा संकलित रकम गलकोट समाज पोखराको समन्वयमा हस्तान्तरण गरिएको थियो । पोखरामै उपचारकै सिलसिलामा केसीका छोरा लछु केसीलाई समाजको तर्फबाट नगद रु २५ हजार सहित संस्थाका पदाधिकारीहरुले अस्पतालमा पुगेर ९६ हजार  सहयोग गरेका थिए । बाँकी रकम १३ औं दिनको पुण्य तिथीमा केसी निवास मल्म आगाँखेतमा परिवारलाई हस्तान्तरण गरिएको गलकोट समाज पोखराका अध्यक्ष खडक बहादुर थापाले बताए ।
नगद रु ३ लाख ४५ हजार १ सय ४० गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा र गलकोट समाज पोखराका सदस्य हिरा बहादुर थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले विदेशमा रहेका गलकोटबासी नागरिकले सामाजिक सेवामा पुर्याएको योगदानको प्रशंसा गरेका छन । यस्ता परोपकारी कामले गलकोटबासी नागरिकबिच आपत विपतमा एकताको सन्देश दिएको समेत उनले उल्लेख गरे ।
Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.