गलकोटमा धार्मिक महोत्सवबाट ३ करोड बढि रकम संकलन ।

थम्मन थापा बागलुङ
यहाँको लक्ष्मीनारायण मन्दिर एउटा निकै पुरानो धार्मिक स्थलको रुपमा परिचित छ । गलकोट नगरपालिका वडा नं ९ छिस दरबारामा रहेको उक्त मन्दिर पछिल्लो समय धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास भईरहेको छ ।
मंसिर ६ गते देखि मन्दिरमा आयोजना गरिएको
महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव सोमबार सम्पन्न भएको छ ।
पञ्चकुण्डीय हवनात्मक साङ्ग श्री लक्ष्मीनारायण धार्मिक महोत्सव अवधिभर नगद रु ३ करोड ४८ लाख आर्थिक सहयोग संकलन गरिएको महोत्सव व्यवस्थापन समितिका कोषाध्यक्ष यज्ञप्रसाद सापकोटाले जानकारी दिए ।
१५ दिनसम्म सञ्चालित उक्त धार्मिक महोत्सवमा सुप्रसिद्ध कथा वाचिका यशोदा माता र युवा व्यास प्रखर भागवत वक्ता सुदर्शन रामानुजदास सन्तोषले श्रीमद्भागवत कथाको प्रवचन दिएका थिए । बाजागाजा, पञ्च कलश, शोभायात्रा सहित शुभारम्भ भएको धार्मिक महोत्सवमा सवा करोड दिप प्रज्वलन गरिएको थियो । सो अवसरमा प्रखर धर्म गुरुहरुको आतिथ्यता सँगै सन्तहरुको कुम्भ मेला गरिएको थियो । महोत्सव अवधिभर दैनिक भजन किर्तन, साँगतिक झाँकी सहितका साँस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरिएको महोत्सव मुल आयोजक समितीले जनाएको छ ।
नगद रु ५ करोड आर्थिक संकलन गर्ने लक्ष्य अनुरुप धार्मिक महोत्सव सञ्चालन गरिएको थियो । महोत्सवलाई स्वदेश तथा विदेशबाट सहयोगदाताले उल्लेख्य सहयोग गरेका छन ।
महोत्सवमा कलाकार, आर्थिक सहयोगदाता तथा विभिन्न क्षेत्रबाट महोत्सवलाई सफल पार्न सहयोगी भुमिका निर्वाह गर्नुहुने व्यक्तित्व एवं संघ संस्थालाई अभिनन्दन गरिएको थियो ।
मन्दिरलाई धार्मिक महोत्सवबाट संकलित रकम मार्फत लक्ष्मीनारायण मन्दिरको जीर्णोद्धार सँगै विविध सेवा सहितको प्रसिद्व दिव्यधाम निर्माण, गौशाला निर्माण, वृद्धा आश्रम, संस्कृत विद्यालय स्थापना, वेदशास्त्र समेतको सेवा गर्दै भगवानको पूर्ण आराधना गर्ने स्थलको रुपमा विकास गरिने उद्येश्य रहेको महोत्सव व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमणी सापकोटाले जानकारी दिए ।
धार्मिक महोत्सवले लक्ष्मीनारायण मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न महत्वपुर्ण टेवा पुगेको अध्यक्ष सापकोटाको भनाई छ । यसले गलकोट नगरको धार्मिक पर्यटनमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सहयोग पुग्ने धार्मिक महोत्सव प्रचार प्रसार समितिका संयोजक मित्रलाल खरेलले बताए । वि.सं २०२५ माघ ७ मा प्राण प्रतिष्ठा सहित शुभारम्भ गरिएको सो मन्दिरमा वैदिक पाञ्चरात्र विधी अनुसार पूजा अर्चना हुँदै आएको छ ।
मन्दिरका पिठाधिस स्वामी जगन्नाथ आचार्यले
विविध सेवा सहित दिव्यधाम निर्माणको लागि गुरुयोजना तयार गरि प्राविधिकहरुको सहयोगमा स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारबाट आर्थिक सहयोग लिई निर्माण कार्य अगाडि बढाईने मन्दिर व्यवस्थापन समितीले जनाएको छ ।
Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.