काठमाडौं, ३० चैत ।
अनुपमा खुञ्जेली वाणिज्य बैंकको पहिलो महिला प्रमुख कार्यकारी अधिकृत (सिइओ) बनेकी छिन्।
मेगा बैंक सञ्चालक समिति बोर्डले बिहीबार उनलाई रिक्त बैंक सिइओमा नियुक्ती गरेको हो।
गत पुसमा अनिलकेशरी शाह बैंकबाट बाहिरिएपछि उनले कामु सिइओको जिम्मेवारी निर्वाह गर्दै आएकी थिइन्। तत्कालीन नेपाल ग्रिन्डलेज बैंकबाट बैंकिङ करियर सुरु गरेकी खुञ्जेली नबिल बैंक हुँदै स्थापना कालमै मेगा प्रवेश गरेकी हुन्। यसअघि उनी मेगाको नायब कार्यकारी निर्देशक थिइन्।
‘मेगा बैंक सञ्चालक बोर्डले एक महिलालाई नेतृत्वको अवसर र जिम्मेवारी प्रदान गरेको छ’, उनले फेसबुकमा लेखेकी छिन्, ‘मेगाको असाधारण टोलीका साथ म सधैँ आत्मविश्वासका साथ अघि बढ्नेछु।’
चार महिना कामु सिइअाेकाे जिम्मेवारी निर्वाह गरेकी उनलाइ वैशाख २ देखि फूल सिइअाेकाे नियुक्ती दिइएकाे छ। मेगा बैंक क श्रेणीकाे वाणिज्य बैंक हाे।