गायक तथा सञ्चारकर्मी गोपाल जंग थापाको पहाडको ठन्डो पानी बोलको देउडा गित बजारमा भिडियाेसहित

गायक तथा सञ्चारकर्मी गोपाल जंग थापाको नयाँ प्रस्तुती पहाडको ठन्डो पानी बोलको देउडा गित बजारमा आएको छ । सुदूरपश्चिमको परिवेश, स्थानिय रहन सहन, भेषभूषालाई समेटेर तयार पारिएको यो गित भिडीयो सहित गायक थापाको युटुब च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो । उनले गित मार्फत देउडा संस्कृतिको कुरा मात्र नभई पहाडको मूलबाट बग्ने पानीको महत्व र मिठासपनलाई गित मार्फत व्यक्त गरेका छन । गायक थापाले यो गितलाई धेरै दर्शकहरुले मन पराउनेमा आशावादी रहेको बताए । उनले भने “हामीले सक्दो मेहनेत लगाएर अहिले सम्मकै नयाँ अनि फरक किसिमको देउडा भाका दर्शक माझ ल्याएका छौ, तपाईहरुले गितको शब्द, लय र भिडीयो हेरेर नै गितको मर्मलाई बुझ्न सक्नुहुन्छ, त्यसैले दर्शक तथा शुभचिन्तकहरुले पहाडको ठन्डो पानी गितलाई अझ बढी चाख दिएर माया गरि दिनु हुनेछ ।” उनले चर्चा कमाउनकै लागि मौलिकता बिगार्ने खालका गित गाउनु भन्दा गाउँ, समाजलाई पाच्य हुने किसिमका गितहरुलाई दर्शकहरुले नै छुट्याउने बताए ।

पहाडको ठन्डो पानी बोलको यस गितमा चर्चित गायिका पूर्णकला विसी र गायक थापाको स्वर रहेको छ । विजय थापाको संगीत संयोजन रहेको गितको रेकर्डिङ्ग विशेष डिजिटल स्टुडियो काठमाडौँमा गरिएको थियो । त्यसैगरी गितमा चित्रकला बुढाको लय छ भने प्रकाश थापाको शब्द रहेको छ । सुदूपश्चिमको सुन्दर पहाडी जिल्ला अछामको बान्नीगढी जयगढ गाउँपालिकाका विभिन्न स्थानमा छायांकन भएको यस गितमा गायक थापा र चर्चित मोडेल रोजी कुंवरको उत्कृष्ट अभिनय रहेको छ ।

सुरेन्द्र संगम(डोट्याल बड्डा) को निर्देशनमा तयार पारिएको गितको क्यामेरामा सोनु बिकले साथ दिएका छन भने सह क्यामेरामा प्रकाश विसिले सघाएका छन । यस अघि पनि गायक थापाले क्या राम्रो रैछ नि साँफेबगर, नेपालका नेता, बर पिपल छायाले, चश्मा लाउँछु कालो, भत्ता पचाउन, धेरै भए फटाहा जाली, नाच्ने बुढी चाहियो लगायतका गितहरु बजारमा ल्याइसकेका छन ।

Vidio

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.