अपडेटः डीपीएल फाइनल: टस जितेर ब्याटिङ गर्दै धनगढी

काठमाडौं, ३० चैत । 

रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल) –२ को फाइनल खेलमा टीम चौराह धनगढी र काठमाडौं गोल्डेन्स भिड्दैछन्। धनगढीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।

प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछ। दोस्रो क्वालिफायरमा बिहीबार महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले पराजित गर्दै काठमाडौंले धनगढीसँगको भेट पक्का गरेको हो। साविकको विजेता धनगढीले भने यसअघि भएको पहिलो क्वालिफायरमा काठमाडौंलाई नै पराजित गर्दै धनगढी फाइनलमा प्रवेश गरेको थियो।

Back to top button
Close