नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) गोरखाले जिल्लाको १० वटा पालिकाहरुमा नेतृत्व सर्वसम्मत चयन

गोरखा १२, मंसिर ।

नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) गोरखाले जिल्लाको १० वटा पालिकाहरुमा नेतृत्व सर्वसम्मत चयन गरेको छ । शनिबार सम्पन्न भएको पहिलो गाउँपालिका तथा नगरपालिकाको अधिबेशनले पालुङटार नगरपालिका बाहेकका सवै स्थानीय तहमा गाउँपालिका तथा नगरपालिका अध्यक्ष सहितका पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन गरेको पार्टीका जिल्ला अध्यक्ष लेखबहादुर थापाले जानकारी दिनुभयो । अधिबेशनबाट गोरखा नगरपालिकाको नगरपार्टी अध्यक्षमा कृष्ण रानामगर, उपाध्यक्षमा चन्चला ज्ञवाली, रामबहादुर खड्का मंगलबहादुर बयलकोटी, सचिवमा हरीबहादुर खनाल, सहसचिवमा गोबिन्द भट्टराई र कोषाध्यक्षमा बिनोद अर्याल सर्वसम्मत चयन हुनुभएको उहाँले बताउनुभयो । नगरपालिका ८५ सदस्सीय नगरसमिति गठन भएको उहाँले बताउनुभयो ।

त्यस्तै भीमसेन थापा गाउँपालिका पार्टी समितिको अध्यक्षमा सुजन पाण्डे (बिनोद), उपाध्यक्षमा नारायण श्रेष्ठ, मालती भट्ट र सागर श्रेष्ठ, सचिवमा मदनकुमार शाक्य, सहसचिवमा कृष्णबहादुर बि.क र कोषाध्यक्ष बिष्णु पाण्डे निर्वाचित हुनुभएको छ । आरुघाट गाउँपालिका पार्टी समितिको अध्यक्षमा बिष्णुप्रसाद खड्का, उपाध्यक्षमा डिलबहादुर रोका, अमृता लामा, पार्वती सापकोटा, सचिवमा राजकुमार ढकाल, सहसचिवमा गमबहादुर गुरुङ र कोषाध्यक्षमा कृष्णबहादुर नेपाली, गण्डकी गाउँपालिकामा सिताराम रसाइली, उपाध्यक्षमा दानसिंङ गुरुङ, मिलन मग्राती, सचिवमा तुलसी रेग्मी निर्वाचित हुनुभएको छ ।

गण्डकी गाउँपालिकामा कोषाध्यक्ष र सहसचिव पछि मनोनयन गरिने जनाइएको छ । त्यस्तै सहिद लखन गाउँपालिका पार्टी समितिको अध्यक्षमा रमेश थापामगर, उपाध्यक्षमा इन्दिरा तिवारी, कृष्ण अम्गाई, धु्रव खनाल, सचिवमा कृष्णबाबु श्रेष्ठ, सहसचिवमा भरत खनाल, कोषाध्यक्षमा शेरबहादुर बिक निर्वाचित हुनुभएको छ । सिरानचोक गाउँपालिका पार्टी समितिको अध्यक्षमा नवराज पुडासैनी (गुराँस) उपाध्यक्षमा उद्धव गुरुङ, शारदा घिमिरे र लक्ष्मी रम्तेल, सचिवमा धनबहादुर तामाङ, कोषाध्यक्षमा हेम तमु र सहसचिवमा बिनोद भण्डारी निर्वाचित हुनुभएको छ ।

चुमनुब्री गाउँपालिका पार्टी समितको अध्यक्षमा कुमारी गुरुङ, उपाध्यक्षमा राजकुमार गुरुङ, चित्रबहादुुर गुरुङ, सुरेन्द्र गुरुङ, सचिवमा बलबहादुर गुरुङ, सहसचिवमा काजी घले, र कोषाध्यक्षमा छिरिङ ध्युर्मे लामा निर्वाचित हुनु भएको माओबादीले जनाएको छ । बारपाक सुलिकोट गाउँपालिका पार्टी समितिको अध्यक्षमा नरबहादुर गुरुङ निर्वाचित हुनुभएको छ भन्ने अन्य पदाधिकारीको निर्वाचन गर्न बाँकी रहेको छ ।

धार्चे गाउँपालिका पार्टी समितिको अध्यक्षमा लक्ष्मण गुरुङ उपाध्यक्षमा मीनबहादुर सुनार, रामकुमार गुरुङ र इन्द्रप्रसाद गुरुङ, सचिवमा सूर्यबहादुर गुरुङ, सहसचिवमा शरद गुरुङ र कोषाध्यक्षमा सबिना घले निर्वाचत हुनुभएको पार्टीले जनाएको छ । त्यस्तै अजिरकोट  गाउँपार्टी समितिको अध्यक्षमा सनिल परियार, उपाध्यक्षमा अनिता भुजेल, धनबहादुर गुरुङ, प्रदिप घले, सचिवमा प्रकाश अधिकारी, सहसचिवमा बिष्णु भुजेल र कोषाध्यक्षमा प्रतलाल तामाङ सर्वसम्मत चयन हुनुभएको छ ।

अध्यक्षका सहित पदाधिकारीको चयन हुन बाँकी रहेको पालुङटार नगरपालिका, अध्यक्ष बाहेकका पदाधिकारी चयन हुन बाँकी रहेको  बारपाक सुलिकोट गाउँपालिका गण्डकी गाउँपालिकामा निर्वाचित सदस्यहरुको बैठकबाट पदाधिकारी चयन हुने माओबादीले जनाएको छ । माओबादीको बिधानमा नगरपाटी समितिमा ८५ जना र गाउँपालिका पार्टी समिति ५५ जनाको रहने व्यवस्था गरेको छ भने अधिबेशनबाट सदस्यहरु चयन गरी सदस्यहरुबाट पदाधिकारी चयन गर्ने व्यवस्था रहेको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.