जन्मदिनमा प्रवासबाट विद्यालयमा अक्षयकोष स्थपना ।

थम्मन थापा                                                          बागलुङ मंसिर ९
पछिल्लो समय जन्मदिनलाई एउटा पर्वको रुपमा मनाउन थालिएको छ । दिनहुँ सामाजिक सञ्जालमा आजकल जन्मदिनका पोष्टहरु निकै देखिन्छन । प्रायले आफनो जन्मदिनलाई तडक भडक रुपमा मनाउने, फजुल खर्च गर्ने समेत गरेको पाईन्छ ।
गलकोट नगरपालिका ७ मल्म, आँगाखेत अहिले जापानमा कर्म गरिरहेका एक युवाले भनें आफनो छोराको जन्मदिनमा गाउँको एउटा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन । गलकोट समाज जापान क्षेत्रिय समिती नागोयाका अध्यक्ष समेत रहेका रामु थापा काजीले उक्त परोपकारी कार्य गरेका हुन ।
दलित र विपन्न विद्यार्थीको बाहुल्यता रहेको मल्म स्थित सिरबारे प्राथमिक विद्यालयमा उनले छोरा आयुष थापाको जन्मदिनको अवसरमा नगद रु २० हजारको शैक्षिक अक्षयकोष स्थापना गरेका छन ।
विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीको शैक्षिक प्रगति होस भन्ने उद्येश्यले उक्त कार्य गरेको अक्षयकोषकर्ता थापाले बताए ।जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई लक्षित गरि आफुले शैक्षिक अक्षयकोष स्थापना गरेको थापाको भनाई छ ।
रकम सानो भएपनि यसको महत्व ठुलो रहेको र शैक्षिक जगतमा थोरै भएपनि सहयोग पुग्ने उनले उल्लेख गरे । उक्त रकमको वार्षिक ब्याज मार्फत विद्यार्थीले शैक्षिक सामाग्री पुरस्कार स्वरुप प्राप्त गर्ने सिरबारे प्राथमिक विद्यालय गलकोट नगरपालिका ७ मल्म, सिरबारेका प्रधानध्यापक कल्पना गौतमले जानकारी गराईन ।
अक्षयकोष रकम विद्यालयमा आयोजित कार्यक्रममा गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा र सामाजिक संस्था घुम्टे युवा परिवारका सदस्य भूमिराज थापाले संयुक्त रुपमा विद्यालयलाई हस्तान्तरण गरेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष छबिलाल दर्जीले बताए ।
कार्यक्रममा बोल्दै वडा सदस्य थापाले अक्षयकोष रकमको ब्याज बाट प्राप्त हुने पुरस्कारले विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक गतिविधीमा थप आकर्षण गर्न सहयोग पुग्ने बताए । यस्ता कार्यले समाजमा शिक्षाको महत्व झल्काउने उनको विश्वास छ ।
गलकोट नगरपालिका वडा नं ७ मल्म स्थायी घर भई जापानमा कर्म गरिरहेका युवा समाजसेवी रामु थापा काजीले समय समयमा विभिन्न संघ संस्थाहरु सँगै समाजमा यस्तै परोपकारी कामहरु गर्दै आईरहेका छन ।
उक्त विद्यालयमा गत वर्ष गलकोट समाज जापान क्षेत्रिय समितीले नागोयाले नगद रु ५० हजारको शैक्षिक अक्षयकोष स्थापना गरेको छ । संस्थाका अध्यक्ष थापाले रु २० हजार रकम अक्षयकोष स्वरुप सहयोग गरेपश्चात विद्यालयमा अक्षयकोष रकम रु ७० हजार पुगेको छ ।
Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.