सञ्चालन भएकाे ३० बर्षसम्म एक जना पनि स्थायी शिक्षक पाएन कक्षा ११ र १२ ले

सामुदायिक विद्यालयमा कक्षा ११ र १२ शुरु भएको ३० वर्ष भयो । तर अहिलेसम्म स्थायी शिक्षक भने एक जना पनि छैनन् । भएको दरबन्दीमा पनि सरकारले विज्ञापन खोलेको छैन । सामुदायिक विद्यालयको शिक्षकप्रति सरकारको यो कस्तो बेवास्ता ?

ग्रामिण भेगका विद्यार्थीको सहज पहुँच पुर्याउने उदेश्यले २०४९ सालबाट सामुदायिक विद्यालयमा कक्षा ११ र १२ पठनपाठन शुरु भयो । हाल देशभर  ४१ सय ४९ विद्यालयमा कक्षा ११ र १२  पढाइ हुन्छ । त्यसमध्ये ३८ सय सामुदायिक विद्यालय छन् । विद्यार्थी संख्या करिव १० लाख छन् । तर ती दुवै कक्षाका लागि स्थायी शिक्षक एकजना पनि छैनन् ।

त्यसो त कक्षा ११ र १२ कालागि २ हजार दरवन्दी र चार हजार अनुदान कोटा नभएको पनि होइन । तर सरकारले अहिलेसम्म त्यसमा विज्ञापन नै गरेको छैन ।  कतिसम्म भने २०६६ पछि ११ र १२ कक्षाको मान्यता पाएका २ हजार सामुदायिक विद्यालयले कुनै किसिमको सहयोग पाएका छैनन् । सामान्यतया ती दुवै कक्षाका लागि एउटा विद्यालयमा कम्तिमा १२ जना शिक्षक चाहिन्छ । एउटै विद्यालयमा २० वर्ष भन्दा बढिदेखि कक्षा १२ पढाउँदै आएका शिक्षकलाई स्थायी गर्ने व्यवस्था नहुँदा अहिले पढाइरहेका शिक्षकहरु निरास छन् ।

त्यसो त सरकारले पूर्व सचिव महाश्रम शर्माको संयोजकत्वमा गठित दरवन्दी मिलान तथा पुन: वितरण कार्यदलले कक्षा ११ र १२ का लागि १४ हजार शिक्षकको दरवन्दी सृजना गर्न सिफारिस गरेको थियो । शिक्षक सेवा आयोगले १७ हजार शिक्षकको खुल्ला विज्ञापन गर्ने तयारी पनि गरेको छ । तर ११ र १२ कक्षाका शिक्षकको बारेमा मन्त्रालय गंभीर छैन ।

२०४६ सालमा उच्च माध्यामिक शिक्षा परिषद् स्थापना भएकोमा अहिले त्यसको अस्थित्व नै छैन । परिषद्को सट्टा अहिले राष्ट्रिय परीक्षा बोर्ड छ । सामुदायिक विद्यालयमै कार्यरत स्थायी शिक्षकको वृत्ति विकासदेखि उपदान पाउने तर ११ र १२ पढाइरहेका शिक्षकले शुद्ध तलबमात्र पाउनु न्यायोचित होइन पनि ।

kantipurtv

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.