११७ राेपनीमा अकबरे खुर्सानी खेती गरेका भट्टकाे दैनिकी

दीपक श्रेष्ठ

गोरखा,१ मङ्सिर (रासस) :

दिनहुँ जसो राजनीतिक कर्ममा समय बिताउने गर्नुभएको गोरखाको गण्डकी गाउँपालिका–४, फुजेलका जीतबहादुर भट्टको दैनिक आजकाल फेरिएको छ । सधै बिहान उठ्ने बित्तिकै गाउँमा सभा सम्मेलन, बैठक र भेलामा दौडिने गर्नुभएका भट्ट आजभोली ति सवै काम छोडेर घर नजिकै सुरु गर्नु भएको अकबरे खुर्सानीको खेती गरेको ठाउँमा पुग्नुहुन्छ । अलिअलि कमाएको पैसा पनि राजनीति गर्दा गर्दै सकिएपछि ऋण डुवेका भट्टले अहिले गाउँमै करिब एक सय १७ रोपनी क्षेत्रफल जमिन भाडामा लिएर अकबरे खुर्सानीको व्यवसायिक खेती सुरु गर्नुभएको हो ।

उहाँले सुरु गर्नुभएको अकबरे खुर्सानीको खेती प्रदेश भित्र नीजि स्तरमा ठूलो क्षेत्रफलमा गरिएको अहिलेसम्मकै ठूलो अकबरे खुर्सानीको व्यवसायिक खेती हो । ‘व्यापार र राजनीतिले जिवनको सबै कमाई गुमाएपछि म आफ्नै गाउँ फर्किएर व्यवसायिक कृषि पेशा सुरु गरेको छु, उहाँले भन्नुभयो, अब राजनीति भन्दा कृषि पेशामा नै बढी आनन्द आउन थालेको छ ।’

उहाँले अकबरे खेती सुरु गरेसंगै प्रदेश स्तरमा तालिम लिने अबसर पाउनु भयो । तालिममा सहभागी क्रममा प्रदेशमा अहिलेसम्म त्यति ठूलो स्तरमा नीजि क्षेत्रबाट अकबरे खुर्सानीको व्यवसायिक खेती अन्यत्र नभएको जानकारी समेत पाएपछि आफुमा झनै उत्साह बढेको उहाँको भनाई छ । किसान भट्टले व्यवसायिक रुपमा खेती सुरु गर्नका लागी आफ्नो संगै सहित छिमेकीको जमिन भाडामा लिनुभएको छ । राजनीतिमा समेत लागेर लामो समयसम्म काम गर्नुभएका भट्टले राजनीतिले खान नदिने भएकाले अहिले कृषिकर्ममा जोडिएको बताउनुभयो ।

‘गोरखा र काठमाण्डौमा समेत व्यापार थियो, तर राजनितिले सबै सकियो, उहाँले भन्नुभयो, ‘केही उपाय नभएपछि अहिले फेरि गाउँ फर्किए र कृषि पेशा सुरु गरेँ ।’ उक्त जमिनमा करिब ७५ हजार बेर्ना लगाएकोमा करिब ४६ हजार बोटमा उत्पादन सुरु भएको किसान भट्टले बताउनुभयो । ‘सारेका मध्ये २९ हजार बेर्ना सरेन, किसान भट्टले भन्नुभयो, सरेका बोटहरुबाट अहिले राम्रो उत्पादन हुन थालेको छ ।’ भाडामा लिएको जमिन मध्ये खुर्सानी नसरेको ठाउँमा अदुवा र बेसार खेती गरेको उहाँको भनाई छ ।

एक पटक हुर्किएको खुर्सानीको बोटबाट ३ बर्षसम्म राम्रो आम्दानी लिन सक्ने किसान भट्टले जानकारी दिनुभयो । अकबरे खुर्सानी फल्न थालेपछि बारी लटरम्म फल्न थालेको उहाँले बताउनुभयो । ‘बारीमा पस्दा राता हरिया खुर्सानी लटरम्म फलेको देख्दा मनपनि आनन्द हुन्छ, किसान भट्टले भन्नुभयो, ‘खुर्सानी बेचेर आम्दानी समेत राम्रो हुन थालेको छ । ’

भट्टले आफ्नो बारीमा उत्पादन भएको खुर्सार्नी चितवनको मुग्लिनमा रहेको थ्रि सिस्टर अचार कम्पनीले खरिद गर्न थालेको छ । प्रतिकेजी २ सय ५० रुपैयादेखि २ सय ७५ रुपैयासम्ममा खुर्सानी बिक्री हुन्छ, उहाँले भन्नुभयो, बजार भाउ पनि राम्रो भएकाले आम्दानी पनि राम्रो हुदै गएको छ ।’ व्यवसायिक खेती सुरु गरेसंगै अकबरे खुर्सानी बेचेर बार्षिक ५० लाख रुपैयासम्म आम्दानी गर्ने आफ्नो लक्ष्य रहेको किसान भट्टले बताउनुभयो ।

यो बर्ष भने जेठ महिनाको अन्त्यदेखि अत्याधिक पानी परेकाले खुर्सानी उत्पादन राम्रो नभएको उहाँको भनाई छ । ‘जेठको अन्तिम सातादेखि ठूलो बर्षा नभएको भए यो बर्ष नै राम्रो आम्दानी हुन्थ्यो, किसान भट्टले भन्नुभयो,‘अर्को बर्ष आफूले लक्ष्य लिएको जति आम्दानी गर्न सक्छु भन्ने लागेको छ ।’ उहाँले मकवानपुरको पालुङ र हेटौडा तथा इलामबाट बिउ मगाएर आफैले नर्सरी मार्फत बेर्ना उत्पादन गर्नु भएको हो ।

‘खुर्सानीको व्यवसायिक खेती सुरु गरेपछि मैले मात्र आम्दानी गरेको छैन, उहाँले भन्नुभयो, स्थानीय गाउँहरुले समेत रोजगारी पाएका छन् ।’ अहिले बारीमा स्थानीयबासी ७ देखि १० जनाले रोजगारी पनि पाएका छन् । ‘सिजनका बेला १० जनासम्मले काम पाउछन्, उहाँले भन्नुभयो, बारीमा गोडमेल गर्न, खुर्सानी टिप्न कामदार आबश्यक पर्छ ।’ भट्टले बर्षौ देखी निष्कृय रहेको गाउँकै कालिका कृषक समूह नामको फर्मलाई नविकरण गरेर व्यवसायिक कृषि पेशा सुरु गरेको बताउनुभयो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.