Trending

पत्रकार देवराज गुरुङद्वारा हजुरवुवाको नाममा ५० हजार राशीको अक्षयकोष स्थापना

भुम्लिचोकको तोमनडाडाँ आधारभुत विद्यालयलाई अक्षयकोष स्थापनाको लागि रकम हस्तान्तरण

भुम्लिचोक, २३ कार्तिक ।

इच्छाकामना न्युज डटकमका सम्पादक देवराज गुरुङले आफ्नो हजुरवुवा स्वर्गीय सोम बहादुर गुरुङको स्मृतिमा गाउँकै विद्यालयमा अक्षयकोषको स्थापना गरेका छन। गुरुङले निम्नवर्गका जेहेन्दार विद्यार्थीको शिक्षादीक्षामा सहयोग पु¥याउने हेतुले गाउँकै श्री तोमनडाडाँ आधारभुत विद्यालय गण्डकी गाउँपालिका ६ भुम्लिचोकमा ५० हजार राशीको अक्षयकोषको स्थापना गरेको हो।
उनले आज विद्यालयमै आयोजित एक कार्यक्रममा गण्डकी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष जीवन गुरुङको रोहवरमा प्रध्यानाध्यापक कुल बहादुर चेपाङ र संस्थापक अध्यक्ष चन्द्र बहादुर गुरुङलाई अक्षयकोष स्थापनाको लागि ५० हजार रकमको चेक हस्तान्तरण गरे।
रकम हस्तान्तरण पश्चात सम्बोन्धन गर्दै मानिसको जीवनमा परिवर्तन र प्रगतीको लागि शिक्षा महत्वपूर्ण रहेकोले विपन्न वर्गका विद्यार्थीहरुलाई सहयोग गर्नका लागि कोषको स्थापना गरिदिएको दाता देवराज गुरुङले बताए।
‘अहिले ५० हजार रुपैयाँको कोष स्थापना गरेको भएपनि कोषलाई वृद्वि गरि १ लाखसम्म पु¥याउनेछु’ –उनले भने। यस्तै आफ्ना वुवा, हजुरवुवाहरु अशिक्षित रहदा रहदै पनि उहाँहरुले शिक्षा प्रति मोह र लगाव देखाउदै आफुहरुलाई उच्च शिक्षा दिएकोले स्वर्गीय हजुरवुवाको सम्मानमा कोष स्थापना गरेको पनि उनले बताए।
यसैगरी अक्षयकोषको रकम हस्तान्तरण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोन्धन गर्दै वडाध्यक्ष जीवन गुरुङले अक्षयकोष स्थापना गरेकोमा दातालाई धन्यवाद व्यक्त गरेका छन्। ‘शिक्षा क्षेत्रलाई अगाडी बढाउन, यहाँका स्थानीय विपन्न वर्गका विद्यार्थीहरुको शिक्षामा सघाउ पु¥याउने कार्य गरेकोमा हामी अत्यन्त खुशी छौं’ –उनले भने। सम्बोन्धन कै क्रममा यस्तो राम्रो कामको सबैले सिको गर्दा राम्रो हुने पनि उनले बताए।
रकम ग्रहण पश्चात विद्यालयका प्रध्यानाध्यापक कुल बहादुर चेपाङले अक्षयकोष स्थापनाका दातालाई धन्यवाद दिदै अक्षयकोषको आम्दानीलाई विद्यालय व्यवस्थापन समिति, अभिभावकहरुसँगको छलफलबाट कार्यविद्यि बनाई विपन्न विद्यार्थीको शिक्षामा खर्च गरिने बताए।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी एवं स्थानीय अभिभावकहरुको समेत उपस्थिति रहेको थियो।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker