तनहुँकाे डुम्रेमा व्यापक अनुगमन , पाउरोटीमा २ दिन पछिकाे मिति राखेर बजारमा , उद्योगमा पस्दा नाक थुनेर जानू पर्ने

डिपि अधिकारी
तनहुँको बन्दिपुर गाउँपालिका– १ को डुम्रे बजारमा अनुगमन गरिएको छ । चाडपर्वलाई लक्षित गरी जिल्ला प्र्रशासन कार्यालय तनहुँको नेतृत्वमा विहीबार गरिएको बजार अनुगमनका क्रममा एउटा पाउँरोटी उद्योगले उत्पादन मितिको दुई दिन अगाडि नै पाउँरोटी बजारमा बिक्री वितरण गरेको भेटिएको छ । डुम्रे स्थित शिव पाउरोटी उद्योगकको अनुगमन गर्दा उद्योग भित्र सरसफाई समेत राम्रोसंग नगर्दा दुर्गन्धित अवस्थामा रहेको र उत्पादित पाउरोटीका उत्पादन र उपभोग्य मिति समेत गलत उल्लेख गर्ने गरेको, म्याद गुज्रिएका खाद्यवस्तुहरु प्रयोगमा ल्याउने गरेको भेटिएको थियो । चाडपर्वको समयमा अखाद्य र म्याद गुजि ्रएका उपभोग्य बस्तुहरु बिक्री हुने अवस्थालाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । बरालको नेतृत्वको टोलीले डुम्रेबजारका खाद्यन्न तथा तरकारी पसलहरुको अनुगमन गरेको थियो। बजार अनुगमनको क्रममा कानुनी रुपमा दर्ता नगरी व्यवसाय संचालन गरिएको, दर्ता नविकरण नगरिएको, म्याद गुर्जेका उपभोग्य बस्तुहरु बिक्री योग्य बस्तुसंगै राखिएको, लेवल नराखिएको भेटिएको थियो । बजारमा मुख्य गरी तयारी अचार सस ्, पाउरोटीजन्य सामानहरु म्याद गुज्रेको भेटिएको थियो । अनुगमनको क्रममा व्यापारिले बुधबार सा ँझ ९ अगष्ट ६ मा खरिद गरिएको पाउरोटीमा अगष्ट ८ उत्पादन मिति अर्थात उत्पादन भएको २ दिनपछि मात्रै उत्पादन मिति राखेर बिक्री गर्ने शिब पाउरोटी उद्योगले अर्कै उद्योगको बाहिरी लेबल लगाएको भेटिएको थियो । उद्योग रहेको स्थान पिप्लेमा अनुगमन गर्दा सरसफाईको अवस्था दयनीय भेटिएको, उद्योगमा पस्न नाकै थुन्नु पर्ने अवस्था रहेको र पाउरोटी पोल्ने फलामको भा ँडा अत्यान्तै फोहोर र खिया समेत लागेको भेटिएकाले उद्योगमा तत्काल उत्पादनमा रोक लगाई जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिईएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए । मिठाई पसलमा पनि सरसफाईको कमि रहेको भेटिएकोले अनुगमनका क्रममा म्याद गुर्जेका सामानहरु जफत गरिएको छ भने दर्ता तथा नविकरण नगरेका व्यवसायीहरुलाई समयमै दर्ता तथा नविकरणका लागि आग्रह गरिएको उद्योग अधिकृत नारायण प्रसाद ढकालले बताए । अनुगमनका क्रममा डुम्रे बेशिसहर सडकको सडकमा बाधा पुग्ने गरी फलफूल र तरकारी राखी बिक्री गरेको, सटर भन्दा बाहिर फुटपाथमा सामान राखी बिक्री गरेको भेटिएकाले तत्काल हटाउन निर्देशन दिँदै अटेरी गरे पालिकाले सामाग्री हटाई लगि लि लाम गरिने बन्दिपुर गाउँपालिकाका राजश्व शाखाका प्रमुख दिनेश पौडेलले बताए । अनुगमनामा कर अधिकृत रमेश श्रेष्ठ, खाद्य तथा गुण नियन्त्रण दमौलीका सन्तोष थापा मगर, बन्दिपुर गाउ ँपालिकाका राजश्व शाखाका प्रमुख दिनेश पौडेल, योजना शाखाका प्रमुख नबराज काफ्ले, काशीनाथ भट्टराई, प्रहरी लगायतको टोलीको सहभागिता रहेको थियो ।
Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.