मध्य रातमा प्रहरीको सिआईडी हो भन्दै सवारी साधान नियन्त्रणमा लिन खोज्ने ६ जना प्रहरी नियन्त्रणमा

गोरखा, ११ असोज । गोरखा आँबुखैरेनी खण्डमा मध्य रातमा आफुहरु प्रहरीको सिआईडी हो भन्दै सवारी साधान नियन्त्रणमा लिन खोज्ने ६ जना यूवाहरुलाई गोरखा प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।

सोमबार बिहान २ बजेको समयमा गोरखा नगरपालिका ११ को बाह्रकिलो भन्ने स्थानमा तनहुँको आँबुखैरेनी बाट गोरखा सदरमुकाम तर्फ आउँदे गरेका ना. ६ त ४५६ र ना. ६ ख ५५०१ नंम्बरको मालवाहक ट्रकहरुलाई बलजफ्ती रोकी नियन्त्रणमा लिन खोजेको आरोपमा प्रहरीले स्थानिय ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो ।

आफुहरुलाई प्रहरीको सिआईडी हो भन्दै मध्यरातमा २ वटा ट्रक नियन्त्रणमा लिएको र ट्रकमा सवार व्यक्तिहरु तथा सवारी साधनको चेकजाँच गरेको, सह चालकको मोबाईल समेत खोसी लिएको तथा ट्रकमा भएको सामानहरु समेत क्षति पुर्‍याएकोले स्थानिय ६ जना युवाहरुलाई नियन्त्रणमा लिईएको सूचना अधिकारी दाहालले बताउनुभयो ।

ट्रकमा सवारहरुले तत्कालै प्रहरीमा सूचना दिएपछि सोमबार बिहानै बाह्रकिलो प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले गोरखा, गोरखा नगरपालिका ११ का बर्ष २० को निरञ्जन तामाङ, बर्ष २१ को निरज कोईराला, बर्ष १९ को सुरज तामाङ, बर्ष २० को ओमराज गुरुङ, बर्ष २० को मनोज तामाङ र बर्ष २० कै रिकेश कुँवरलाई पक्राउ गरिएको गोरखा प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई सोमबार नै सार्वजनिक हित विरुद्धको कसूर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट १० दिनको म्याद थप गरी प्रहरीको हिरासतमा राखीएको प्रहरी कार्यालयले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.