आफ्नै श्रीमानको घाँटी थिचेर हत्या गरेको अभियोगमा श्रीमती पक्राउ ःप्रारम्भिक अनुसन्धानका तथ्यहरू सहित

गाेरखा, असाेज ६

गाेरखा नगरपालिका वडा नं. ७ पाैवाखेत निवासी  ५५ बर्षकी माइली कामी अाफ्नै श्रीमानकाे हत्या अाराेपमा पक्राउ परेकी छन् । असाेज ५ गते बिहान ५६ बर्षीया अाइतबहादुर कामीकाे सुतेकै काेठामा श्रीमती कामीले घाँटी थिचेर हत्या गरेकाे बताइएकाे छ ।

असाेज ०४ गते रातको समयमा मादक पदार्थ सेवन गरी एउटै कोठा भित्र  सुती रहेका आफ्ना श्रीमान आईत बहादुर कामीलाई आफ्नो दुवै हातले निजको घाँटी थिची हत्या गरेको र तत् पश्चात सोही कोठामा रहेको ओड्ने कम्बलले निजको शरिर ढाकी दिएको, लगातार घाँटी थिचेको कारणबाट नै निजको मृत्यु भएको भन्ने कुरा अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ । कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता गरी सम्मानित गोरखा जिल्ला अदालत गोरखाबाट म्याद थप समेत लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय गाेरखाद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

प्रहरीले अनुसन्धानका केही तथ्यहरू समेत बिज्ञप्तीमार्फत सार्वजनिक गरेकाे छ । के छ त अनुसन्धानका तथ्यहरू ?

प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका कुराहरु

  • निज मृतक आईत बहादुर कामीको स्थायी ठेगाना धार्चे गा.पा. वडा नं. २ केरौजा भई निजको सम्पुर्ण परिवार २०७२ साल देखि गोरखा नगरपालिकामा बस्दै आएका र गो.न.पा. वडा नं. ७ पौवाखेतमा २०७५ सालमा भुकम्प पुन निर्माणको प्राप्त रकमबाट घर बनाई बस्दै आएका ।
  • मृतकको परिवारमा २ बिबाहित छोरा र २ बिबाहित छोरीहरु रहेका र छोरीहरु बिबाह पश्चात आफ्नो घर गएका, जेठो छोरा माछीखोलामा शिक्षण पेशामा आबद्ध रहेका र निजको परिवार अशंबण्डा भई सोही स्थानमा छुट्टै बस्दै आएका र मृतक, निजको श्रीमती कान्छो छोरा र बुहारीसंग हाल संगौलमा बस्दै आएको देखिन्छ ।
  • मृतक आईत बहादुर कामी दिनहुँ जसो रक्सीको सेवन गर्ने र श्रीमान र श्रीमती बिच झै-झगडा र कुटपिट बारम्बार हुने गरेको र वारदातको दिन पनि रातको समयमा निज मृतकले रक्सी सेवन गरी श्रीमती माईली कामीलाई चोट लाग्ने गरी कुटपिट गरेको अनुसन्धानबाट देखिन्छ ।
  • प्रतिवादी माईली कामीले रातको समयमा पल्लो कोठामा सुती रहेका कान्छा छोरा र बुहारीलाई ढोका ढकढकाई श्रीमानले सिरानीमा खुकुरी राखी सुतेका र आफु श्रीमाबाट असुरक्षित रहेको भनि कान्छो छोराको कोठामा सुत्न आग्रह गर्दा केही हुदैन जाँउ भनि छोराले भित्रैबाट भने पश्चात प्रतिवादी महिला आफ्नो कोठामा जाँदा मृतक सुती रहेकै अवस्थामा रक्सीको तालमा बारम्बार कराई रहेकोले बाध्य भएर आफुले निजको घाँटी थिचेर मारेको भनि प्रतिवादीले कसूर स्वीकार गरेको ।
  • प्रतिवादी घटना पश्चात बिहान सबेरै उठी आफुले काम गर्ने गोरखा बसपार्क स्थित होटल मुक्तिनाथ गएको र घरमा मान्छे जम्मा भएर बोलाए पश्चात घटनास्थलमा पुन: फर्किई आएको देखिन्छ ।
  • श्रीमानले श्रीमतीको चरित्रमाथी बारम्बार शंका गर्ने, दैनिक जसो रक्सी सेवन गरी गाली-गलौज तथा कुटपिट गर्ने कारणबाट आजित भएर श्रीमतीले घाँटी थिची हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।
Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.