गाेरखामा चल्याे सँसद बैठक १४ बर्षका बालक प्रधानमन्त्री र १६ बर्षकी बालिका सभामुख

गोरखा २ असोज ।

गाेरखा नगरपालिकामा बाल सँसद सम्पन्न भएकाे छ । गोरखा नगरपालिका सामाजिक बिकास शाखाको आयोजनामा बालबालिकाको क्षमता बिकासका लागि बाल संसद अभ्यास गराएको हाे ।

गोरखा नगरपालिका सामाजिक बिकास शाखाको आयोजनामा एकछिनका लागि प्रधानमन्त्री, सभामुख, मन्त्रिहरु, प्रमुख प्रतिपक्ष दलको नेता चयन गरि बालबालिकहरुलाई संसदको अभ्यास गराइएको शाखाका प्रमुख बिजयभक्त उपाध्यायले जानकारी दिनुभयो । २५ जनाको सहभागिता रहेको बाल संसद अभ्यासमा गोरखा नगर बालसञ्जालकी १६ बर्षिय प्रकृति दुवाडीले सभामुखको भूमिका निर्वाह गर्नुभएको थियो भने १४ बर्षिय अप्रिसा श्रेष्ठले संसदमा प्रधानमन्त्रीको भूमिका निर्वाह गर्नुभएको थियो ।

त्यस्तै बालसञ्जालकी श्रेया श्रेष्ठले मन्त्रि, प्रिन्सा श्रेष्ठले संसद सचिवालयको महासचिव, बालिका दुर्गा श्रेष्ठले बिपक्षी दलको नेताको भूमिका निर्वाह गरेको थिए । बालसंसदको बैठकमा सांसदको भूमिका रहेका बालबालिकाहरुले बैठकमा नगरपालिका क्षेत्र भित्र कच्चीबाटो खनेर किन कालो पत्रे नगरेको भनेर सरकार माथि प्रश्न उठाएका थिए । बालसंसद अभ्यासमा सांसदहरुको उठाएको प्रश्नमा मन्त्रिको भूमिकामा रहेका बालबालिकाहरुले जवाफ दिएका थिए ।

संसदिय व्यवस्थाका बारेमा बालबालिकाहरुलाई पनि जानकारी गराउनका लागि बाल संसद अभ्यास गराइएको हो, शाखा प्रमुख श्रेष्ठले भन्नुभयो, ‘यसबाट संसद कसरी सञ्चालन हुन्छ भनेर बालबालिकाले सिक्ने मौका पाउछन् भन्ने उद्देस्यले कार्यक्रम गरिएको हो । ’ करिब सवा १ घण्टासम्म बाल संसद अभ्यास चलेको उहाँले बताउनुभयो । ‘यो अभ्यासले संसद कसरी चल्दो रहेछ, संसदमा को–को हुदो रहेछ, सांसदहरुको भूमिका के हुदो रहेछ भन्ने बारेमा पनि बुझ्ने मौका पाए, प्रमुख उपाध्यायले भन्नुभयो, नगरपालिकाले पहिलो पटक बालबालिकाहरुलाई यस्तो खालको अभ्यास गराएको हो ।’

यसै गरि आजै गोरखा नगरस्तरी बालभेला समेत सम्पन्न भएको छ । भेला २६ सदस्सीय समिति चयन गरिएको छनोट भएका सदस्यहरुको बैठक बसेर पदाधिकारी चयन गर्ने उहाँले बताउनुभयो । त्यस्तै सञ्जालको किशोरीहरुको भेलाले आजै नगरस्तरीय किशोरी सञ्जाल समेत गठन गरेको प्रमुख उपाध्यायले जानकारी दिनुभयो । गोरखा नगपालिका भित्र गठित बालसञ्जालले बालबालिकाका लागि नगरपालिकासंग बजेट माग गर्ने, बालबालिकाहरुका लागि योजना निर्माण गर्ने लगायतका काम समेत गर्दै आएको छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.