गण्डकी प्रदेशसभामा आमसञ्चार विधेयक पेश, ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने

गाेरखा- गण्डकी प्रदेशमा अब ऐनविपरीत समाचार प्रकाशन तथा प्रसारण गरेमा १० हजार रुपैयाँ जरिवाना वा एक वर्ष कैद र दुवै सजाय हुने भएको छ ।

गण्डकी प्रदेशसभामा सोमबार पेश भएको आमसञ्चार विधेयकमा दफा ४५ अनुसार कार्य नगरेमा कसूरको मात्रा हेरी ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने उल्लेख छ । ऐनविपरीत कार्य गरेको हेरेर कारबाही गर्ने अधिकार भने मन्त्रालयका सचिवलाई दिइएको छ ।

कसैले इजाजत पत्र नलिई कार्यक्रम उत्पादन, वितरण तथा डाउनलिंक गरेमा त्यस्तो व्यक्तिलाई इजाजत पत्र दस्तुरबापत लाग्ने दस्तुर बराबरको रकम असुल गरी सो बराबरको रकम जरिवाना हुनेछ ।

विधेयकको दफा ४७ मा मुद्दा हेर्ने अधिकारीबारे भनिएको छ, ‘दफा ४५ को उपदफा (१) र (३) बमोजिमको मुद्दाको शुरु कारबाही र किनारा गर्ने अधिकार मन्त्रालयको सचिवलाई हुनेछ ।’

दफा ४८ मा सचिवले गरेको निर्णय चित्त नबुझेमा निर्णय भएको मितिले ३५ दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन दिन सकिने पनि व्यवस्था गरिएको छ ।

विधेयकको दफा ४२ मा स्वदेशी तथा विदेशी आमसञ्चारको माध्यमबाट प्रकाशन तथा प्रसारण गर्न नहुने बुँदाहरु राखिएको छ । मन्त्रालयका सचिवले विषयको गाम्भीर्यता हेरी पत्रकार तथा सञ्चार माध्यमलाई कारबाही गर्न सक्ने ऐनले अधिकार दिएको छ ।

विधेयकको दफा ६ मा प्रदेशमा आमसञ्चार माध्यमको व्यवस्थापन सम्बन्धी कार्य गर्न मन्त्रालयले प्रेस रजिस्ट्रार नियुक्त गर्नेछ । तर, ऐनविपरीत काम गर्ने सञ्चार संस्था तथा पत्रकारलाई कारबाही गर्ने अधिकार भने रजिस्ट्रारलाई दिइएको छैन ।

प्रदेशसभामा पेश भएको आमसञ्चार विधेयक

Gandaki Sanchar Bidheyak

 

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.