डीपीएलको उपाधिका लागी आज काठमाडौं गोल्डेन्स र चौराहा धनगढी बिच भिड्न्त

काठमाडौं, ३० चैत ।

डीपीएलको फाइनल भिडन्तमा शुक्रबार काठमाडौं गोल्डेन्स र साविक विजेता टिम चौराहा धनगढी प्रतिष्पर्धा गर्दै छन्। दुवै टिमको जितमा विदेशी खेलाडीको भुमिका निर्णयक हुने पक्का छ। सोमपाल कामीको कप्तानीमा रहेको धनगढीलाई युएइका कप्तान मोमद्ध मुस्ताफाको साथ रहँदा सुवोध भाटी चले जित्ने विश्वास काठमाडौंको छ।

पहिलो क्वालिफायरमा काठमाडौंलाई पराजित गरेकाले सोहि लयलाई निरन्तरता दिने ध्याउनमा धनगढी रहँदा काठमाडौं भने बदला लिंदै उपाधि जित्ने ध्याउनमा रहने छ। दुवै टिमका कप्तानहरुले उपाधिका लागिनै प्रतिष्पर्धा गर्ने बताए। काठमाडौं कप्तान ज्ञानेन्द्र मल्लले आफुहरु जितका लागि प्रतिष्पर्धा गर्ने बताए। उनले भने ‘आजको खेल जितेसँगै हाम्रो लक्ष्य उपाधि जित्नेनै हुने छ। सोचे अनुरुप प्रदर्शन भए स्वभाविक रुपमा उपाधि जित्न सक्षम हुने छौं।’ यद्यपि उनले फाइनलका लागि आवश्यक रणनीति बनाएर अघि बढ्ने बताए।

उनले धनगढी बलियो टीम भएपनि अपेक्षा गरिएका ब्याटसम्यान चल्न सकेमा जित निकाल्ने विश्वास ब्यक्त गरे। त्यस्तै धनगढीका कप्तान सोमपाल कामीले घरेलु दर्शकलाई निरास नपार्ने विश्वास लिए। उनले भने ‘हामी हाम्रो तर्पmबाट सक्दो प्रयास गछौं काठमाडौं राम्रो टिम भएकाले संयम्ता पुर्वक प्रदर्शन गर्दे जित निकाल्ने कोसिस गर्ने छौं ।’

यसअघि शुक्रबार भएको खेलमा काठमाडौंले महेन्द्रनगर युनाईटेडलाई पाँच विकेटले पारजित गर्दे फाइनलमा स्थान बनाउन सफल भएको थियो।

Back to top button