काठमाडौं, २९ चैत ।
गर्मीको मौसम शुरु भएको छ । दिनहुँ तापमान बढ्दैछ । जति गर्मी बढ्यो, उत्तिनै आफ्नो लुगा बोझिलो लाग्छ ।
पसिना र धूलो–धुँवाले शरीरमा गन्ध आउन थाल्छ । यावत् समस्याबाट कसरी पार पाउने ? कस्तो पहिरन लगाउने ? कसरी कुल देखिने ? यो चिन्ता तपाईंमा पनि छ भने अपनाउनुस यी उपाय ।
-अहिलेको मौसमसँग कम्बिनेसन मिलाउन कलरफुल पहिरन उपयोगी हुन्छ ।
-ब्राइट कलर उपयुक्त हुन्छ । यसले घामको किरणलाई परावर्तन गरेर सितलता प्रदान गर्छ ।
-पसिनाको दुश्प्रभावबाट बच्न सुतीको पहिरन उपयोगी हुन्छ ।
-फिटिङ्स लुगा लगाउनु हुन्न । लुज पहिरनले सुहाउँदो र ट्रेन्डी देखिन्छ ।
-सरसफाइमा बिशेष ध्यान दिनुपर्छ । प्रत्येक दिन चिसो एवं सफा पानीले नुहाउने गर्नु पर्छ ।
-केस तथा दाह्री जुँगा संभव भएसम्म छोट्याउने ।
-गर्मीमा घर वाहिर निस्कनुअघि लुगाले नछोप्ने खुला भागमा सन प्रोटेक्सन क्रिम लगाउनु पर्छ ।
-घर वाहिर हिँडडुल गर्दा छाता ओड्नु पर्छ ।
-सकेसम्म पुरै शरीर ढाक्ने पहिरन लगाउनु पर्छ । सनग्लासको प्रयोगले आँखाको सुरक्षा त गर्छ नै फेसनेवल पनि देखाउँछ ।
-गर्मीमा धेरै पसिना आउने भएकाले शरीरमा पानीको मात्रा कम हुन्छ । त्यसैले पर्याप्त पानी पिउनुपर्छ ।
-मौसमी फल र ताजा सलादको सेवन पनि लाभदायक मानिन्छ ।