९ तस्बिरमाः अवकाशको अघिल्लो दिन आईजीपी अर्याल

काठमाडौं, २७ चैत ।

नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालले यही चैत २८ गते अर्थात भोलिबाट ३० वर्षे उमेरहदका कारण नियमित अवकाश पाउँदैछन् ।

अर्यालसँगै १५ एआईजी, ९ डिआईजी र १ एसएसपीले पनि नियमित अवकाश पाउले नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले जानकारी दिए ।

igp-prakash-aryal (2)

igp-prakash-aryal (2)

अवकाश पाउनु अघिल्लो दिन धेरै कार्यक्रहरुमा सहभागि भएर आईजीपी अर्यालले भवन उद्घाटन, पुस्तक लोकापर्णदेखि सम्मान समेत गरे ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जको ३४औं बार्षिकोत्सवमा प्रहरी महानिरीक्षक अर्यालले नयाँ वार्ड भवन, क्लिनिकल प्याथोलोजी, माइक्रोबायोलोजी एकाई एवं व्लडबैंक तथा पुस्ताकालयको उद्घाटन गरे ।

igp-prakash-aryal (3)

igp-prakash-aryal (3)

साथै उनले नेपाल प्रहरी अस्पतालको बार्षिक स्मारिका ‘अस्पताल दपर्ण २०७४’ को लोकापर्ण समेत गरे । कार्यक्रममा अर्यालले अस्पतालको न्यूरो सर्जरी र नेफ्रोलोजी बिषयका भिजिटिङ कन्सल्टेन्टको रुपमा सेवा प्रदान गर्नुहुने वरिष्ट न्यूरो सर्जन डा. पवन कुमार सुल्तानिया, नेपाल मेडिकल कलेजका प्रा.डा प्रमोद क्षेत्री, अस्पताललाई महत्वपूर्ण योगदान पु–याउनुहुने पूर्व–प्रहरी नायव महानिरीक्षक डा. सुरेन्द्र कुमार श्रेष्ठ र पूर्वप्रहरी वरिष्ठ उपरीक्षक डा. सरोज श्रेष्ठलाईलाई प्रशंसापत्र तथा सशस्त्र प्रहरी गण नं. १ नक्साल र महानगरीय प्रहरी गण महाराजगञ्जलाई कदरपत्र प्रदान समेत गरे ।

हेरौं अर्यालको अन्तिम दिनको केही झलकहरुः–

igp-prakash-aryal (4)

igp-prakash-aryal (4)

igp-prakash-aryal (5)

igp-prakash-aryal (5)

igp-prakash-aryal (6)

igp-prakash-aryal (6)

igp-prakash-aryal (7)

igp-prakash-aryal (7)

igp-prakash-aryal (8)

igp-prakash-aryal (8)

igp-prakash-aryal (9)

igp-prakash-aryal (9)

 

Back to top button
Skip Add
Close