काठमाडौं, २५ चैत ।
प्रधानमन्त्री केपी ओली र तिब्बतबाट निर्वासित धर्मगुरु दलाई लामाका भक्त मास्टर कर्मा तन्पाइ ग्यालसेनबीच सम्बन्ध रहेको खुलासा भएको छ ।
केही समय अगाडि एमालेका अध्यक्ष समेत रहेका ओलीलाई मास्टर ग्यालसेनले सम्मान र स्वागत गरेका थिए । नेपाल र भारत दुबैतिर बस्दै आएका मास्टर ग्यालेसन र ओलीबीच अहिले पनि घनिष्ट सम्बन्ध रहेको उच्च स्रोतको भनाइ छ ।
चीनसँग निकट सम्बन्ध बनाउँदै गरेका ओलीले दलाई लामाका भक्तसँग पनि यसरी सामिप्यता बढाउँदै लैजानुको कारणबारे आलोचकहरूले विभिन्न खालका टिप्पणी गर्न थालेका छन् ।
भारत भ्रमणमा रहेका ओली छिट्टै चीन जाने तयारीमा छन् । स्रोतका अनुसार बोआओ सम्मेलनमा भाग लिन ओली सम्भवत आइतबार वा सोमबारभित्र जाने गरेर तयारी गर्नका लागि निर्देशन दिएका छन् । यद्यपि चीनले ओलीलाई यो समाचार तयारपार्दासम्म बोआओ सम्मेलनका लागि निम्तो पठाएको छैन ।नेपालपनाबाट लिइएकाे ।