धनगढीको रुपन्देही माथि रोमान्चक जित

धनगढी, २४ चैत ।

धनगढीले रुपन्देही माथि रोमान्चक जित हासिल गरेकाे छ ।  धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आज भएको एकमात्र रोमान्चक खेलमा टिम चौराहा धनगढीले रुपन्देही च्यालेंजर्समाथि ३  रनको जित हात पारेको छ। प्रतियोगिता अन्तर्गत रुपन्देही च्यालेंजर्सले अहिलेसम्मका सबै ४ खेलमा पराजय व्यहोर्दै यसअघिनै प्लेअफ पुग्नबाट बन्चित भैसकेको छ भने धनगढीको चौथो खेलमा दोश्रो जित हात पार्यो र प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्यो।

गएराती परेको अविरल बर्षा र हावा हुरीको कारणले मैदान गिलो भएपछी आजै हुने भनिएको पहिलो खेल हुन नसक्दा सिवाईसी अत्तरिया र महेन्द्रनगर युनाईटेडले १/१ अंक बाड्दै अंक तालिकाको क्रमश पाचौं र दोश्रो स्थानमा रहेका छन्। खेल हुन नसकेपछि ४ खेलमा ५ अंक रहेको महेन्द्रनगरले पनि प्लेअफमा लगभग आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

आजको दोश्रो खेलमा बर्षा बाधक भएपछी १२ ओभरमा झारिएको खेल पुनः ८ ओभरमा झारिएको थियो जसमा टस जितेर पहिले बलिंग गर्ने निर्णय गरेको रुपन्देहीले जितको लागि ७७ रनको लक्ष्य पाएको थियो । तर जवाफमा ८ ओभरको समाप्तिमा ५ विकेट गुमाएर मात्र ७३ रन बनाउंदै ३ रनको हार व्यहोर्न बाध्य भयो। उसका लागि सागर पुनले ३३ रन बनाउने  क्रममा १६ बलमा ३ चौका र समान छक्का साथै दिपक प्रशादले १६ रन बनाउंदै तेस्रो विकेटको लागि ४१ रनको साझेदारी गरेपनि जितको लागि पर्याप्त हुन सकेन।

धनगढीका लागि संयुक्त अरब इमिरेट्सका कप्तान समेत रहेका रोहन मुस्ताफाले किफायती बलिंग गर्दै २ ओभरमा मात्र १२ रन खर्चेर २ विकेट तथा ललितसिंह भण्डारीले १५ रन खर्चेर १ विकेट लिएका थिए।

यसअघि पहिले ब्याटिंग गरेको रुपन्देहीले सोनु तामांगको विस्फोटक ब्याटिंगमा ८ ओभर ब्याटिंग गर्दै ७ विकेट गुमाएर ७६ रनको योगफल तयार पारेको थियो । सोनु तामांगले ३४ रनको पारि  खेल्न मात्र १४ बलमा १ चौका र ४ छक्का प्रहार गरेका थिए ।

रुपन्देहीका सुशन भारीले ३ विकेट लिन १४ रन तथा दिपेश श्रेष्ठले २ विकेट लिन १९ रन खर्चेपनि जितको लागि पर्याप्त हुन सकेन। खेलमा विस्फोटक ब्याटिंग गरेका सोनु तामांग म्यान अफ द म्याच घोषित भए।

Back to top button
Skip Add