नगरप्रमुखमाथिको आक्रमणको घटनामा संलग्नलाई धरौटीमा रिहा

धनगढी, २३ चैत । 

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमणको घटनामा संलग्न चारजनालाई जिल्ला अदालतले जनही रु ४५ हजार धरौटीमा छोड्न आदेश दिएको छ ।

अदालतको बिहीबारको आदेशबमोजिम धरौटीमा छुटेकाहरुमा घोडाघोडी नगरपालिकाका भरतबहादुर शाह, कमल क्षेत्री, टीकापुरका हृदयराज बोगटी र लम्कीचुहा नगरपालिकाका नरेन्द्र विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो ।

घटनामा संलग्न भएका धनगढी उपमहानगरपालिकाका पूर्णप्रसाद खनाललाई भने साधारण तारेखमा रिहा गरिएको छ ।

गत फागुन २८ गते साँझ निवासमै गएको एक समूहले गरेको आक्रमणबाट घाइते हुनुभएका नगरप्रमुख चौधरीको उपचार जारी छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker