काठमाडौं, २२ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतका वरिष्ठ केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सिंह पहिल्यै विमानस्थलमा पुगेका थिए ।
विदेशमन्त्री सुष्मा स्वजार अजरवैजानमा भएका कारण गृहमन्त्री सिंहले स्वागत गरेका हुन् । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी नै स्वागतका लागि विमानस्थल पुग्ने चर्चा चलेको थियो ।
प्रधानमन्त्री ओलीसँग समकक्षी मोदीले आजै साँझ एक्ला एक्लै छलफल गर्नेछन् । भोलि हुने औपचारिक छलफल अघिसमेत एक्ला एक्कै छलफल हुनेछ ।
भारतले यसपटक ओलीलाई रिझाउन पुरै प्रयत्न गर्ने बुझिएको छ ।