उपनेतामा नेम्वाङ, प्रमुख सचेतकमा अधिकारी र सचेतकमा चौधरी

काठमाडौं,२१ चैत्र ।
उपनेतामा सुवास नेम्वाङ, प्रमुख सचेतकमा अधिकारी र सचेतकमा चौधरी चयन नेकपा एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन् ।
वुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरीलाई चयन गरेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमणको पूर्व सन्ध्यामा संसदीय दलको बैठक बसेको थियो ।  बैठकमा बोल्दै ओलीले भ्रमणको क्रममा पुराना सन्धि सम्झौताको कार्यान्वनमा जोड दिने बताए ।

Back to top button