अन्ततः भोलिदेखि गाडी चलाउने, गीत बजाएको पैसा नतिर्ने, उल्टै कलाकारसँग पैसा लिने

काठमाडौं, २१ चैत ।

सरकारले सिन्डिकेटविरुद्ध कडा कदम चालेपछि व्यवसायी झुक्न बाध्य भएका छन् ।

सरकारले बुधबार काठमाडौं–धुलिखेल रुटमा इजाजत खोलेर नयाँ बस कम्पनीलाई प्रवेश गराएपछि व्यवसायीहरु झुकेका हुन् । कोटेश्वरपूर्व गाडी चलाउन रोकेका १३ वटै समितिले बिहीबारदेखि गाडी चलाउने निधो गरेका छन् । बुधबार मात्रै याे रुटमा गाडी चलाउन ८ वटा कम्पनीले अनुमति लिएका थिए ।

अनुमति लिएकामध्ये  साझा र मेट्रो यातायातले बुधबारबाटै धुलिखेलसम्म आफ्नो सेवा सुचारु गरेका छन् । यसअघि बनेपासम्म रुट लिएको मयुरले पनि धुलिखेलसम्मको इजाजत लिएको छ । बनेपासम्म आफ्नो हिसावले गए पनि पनौतीसम्म भने बसहरुलाई प्रहरीले स्कर्टिङ गरेर लगेको थियो ।

यसअघि अरनिको यातायातले मात्रै गाडी चलाउने भने पनि बिहीबारदेखि १३ वटै समितिका गाडी चल्ने व्यवसायीले जनाएका छन् । उनीहरुले अब नेपाल राष्ट्रिय यातायात महासंघकै अगुवाइमा आन्दोलन गर्ने जनाएका छन् ।

विभागको गएको आइतबारको निर्देशिका र कार्यविधिबारे धारणा बनाउन आउँदो २६ गते महासंघको केन्द्रीय परिषद्को बैठक बोलाइएको महासंघका महासचिव सरोज सिटौलाले उज्यालोलाई जानकारी दिनुभयो ।

यस्तै, यातायात व्यवसायीले गाडीमा गीत बजाएबापत रोयल्टी नतिर्ने बरु गीत बजाइदिएafपत कलाकारहरुबाट पैसा लिने निर्णय गरेका छन् ।

बुधबार विभिन्न ४ वटा महासंघ र ३ वटा मजदुरसम्बद्ध समितिको बैठकले सरकारले आफ्नो लगानी डुबाउने रणनीतिका साथ नयाँ निर्देशिका र कार्यविधी ल्याएको भन्दै त्यसलाई पञ्चायती शासनको संज्ञा पनि दिएका छन् ।

Back to top button