
काठमाडौँ, २१ चैत ।
रूपन्देहीस्थित देवदहका व्यवसायी बसन्त पौडेल ‘बलु’लाई गोली हानी फरार रहेका मुख्य ‘सुटर’ शुभाष गुरुङ पक्राउ परेका छन् । गुरुङलाई पोखराको रामबजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत पुष २१ गते रुपन्देहीको देवदहमा पौडेलको गोली हानी हत्या भएको थियो । काठमिल सञ्चालन गर्दै आएका ४० वर्षीय पौडेलमाथि सःमिलमै गोली प्रहार भएको थियो ।
गोली हान्नको लागि गुरूङले एक लाख रूपैयाँ लिएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । गुण्डा नाइके मनोज पुनले बलुलाई गोली हान्नको लागि गुरुङलाई सुपारी दिएको थिए । पुन भने यसअघि नै प्रहरी इन्काउण्टरमा मारिइसकेका छन् ।