सकियो पार्टी एकता संयोजन समितिको बैठकः एमाले–माओवादी एकता बैशाख ९ गते

काठमाडौं, २० चैत ।

एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ । मंगलबारको बैठकमा राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदल र विधान मस्यौदा कार्यदलले आ–आफ्नो प्रतिवेदन बुझाएका थिए। प्रतिवेदनमाथि छलफल गर्दै नेताहरुले बैशाख ९ मा पार्टी एकता घोषणा गर्ने प्रयास गर्ने बताएका छन् ।

प्रतिवेदन बुझाएसँगै आजबाट कार्यदल भंग गरिएको छ। प्रतिवेदनमा मिल्न बाँकी विवादका विषय २२ गते बस्ने एकता संयोजन समितिको बैठकले टुंगो लगाउने समझदारी भएको छ। दुवै पार्टीबीच जनयुद्ध, पार्टीको केन्द्रीय तहमा बराबरी हैसियत र चुनाव चिह्नबारे विवाद छ।

Back to top button