त्रिपोली, १९ चैत ।
लिबियामा मार्च महिनामा जारी हिंसाको क्रममा पाँच सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन् ।
‘युएन सपोर्ट मिसन इन लिबिया (एएनएमआइएल)’ ले आइतबार सो जानकारी दिएको छ । एएनएमआइएलका अनुसार गत मार्च १ बाट ३१ सम्म ती व्यक्ति मारिएका तथा घाइते भएका हुन ।
गोलावारी, विस्फोटन, दोहोरो गोली हानाहानजस्ता घटनामा ती सर्वसाधारणको हताहत भएको एएनएमआइएलको भनाइ रहेको छ ।
लिबियामा सन् २०११ मा तानशाही नेता मोहमद गद्दाफीको पतनपछि अझै पनि हिंसा जारी रहेको बताइएको छ । रासस÷सिन्ह्वा